मौसममा सुधार भएसँगै आन्तरिक उडान सुरु

काठमाण्डाै - मौसममा सुधार हुन थालेसँगै आन्तरिक उडान सुरु हुन थालेको छ । हिजो वर्षा र हिमपातका कारण धेरै ठाउँको उडान स्थगित भएको थियो । आज भने लुक्लाबाहेक अन्य क्षेत्रमा उडान सुरु भइसकेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थल कार्यालयकाअनुसार लुक्लामा भने हिमपात भइरहेकाले उडान स्थगित छ । मङ्गलवार रातिदेखि बुधवार रातिसम्म लगातारजसो पानी परे पनि अहिले पानी पर्न रोकिएको छ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कमजोर बन्दै गएकाले आज काठमाण्डौसहित देशका धेरै ठाउँमा घाम लाग्ने मौसमविद्ले बत...