काठमाण्डाै - वायुसेवा कम्पनीले मौसम पूर्वानुमानको प्रतिवेदनका आधारमा अनुमति लिएर उडान गर्न थालेका छन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणको पछिल्लो निर्णय अनुसार विमान तथा हेलिकप्टर कम्पनीले मौसम तथा हवाई पूर्वानुमान शाखाबाट मौसम सम्बन्धी रिपोर्ट लिएर उडान थालेका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अहिले सामान्य रुपमा आन्तरिक उडान भइरहेको प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिनुभयो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले अस्ति मौसम सफा नभइ आन्तरिक उडानको अनुमति नदिने निर्णय गरेको थियो । प्रविधिको प्रयोग नगरि&...