विमानस्थल पूर्ण क्षमतामा चलाउन माग

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट धेरै पर्यटक आउने मुलुकहरूमा अन्तर्राष्ट्रिय हवाई उडान सुरु गरी विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्न निजी क्षेत्रले माग गरेको छ । जजिरा एयरलाइन्सको सातामा तीनवटा उडानमा सीमित रहेको उक्त विमानस्थललाई आर्थिक गतिविधिसहितको चलायमान केन्द्र बनाउन अन्तर्राष्ट्रिय र आन्तरिक उडान बढाउन सरकारले तत्कालै पहल गर्नुपर्ने व्यवसायीले बताएका छन् । यसका लागि सरकारले नेपालकै राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सबाट उडान सञ्चालन गर्नुपर्ने सुझाव पनि उनीहरूको छ ।

सम्बन्धित सामग्री

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण संचालनको माग गर्दै दबाबमूलक र्‍याली

संचालनमा आएको १३ महिना पुग्दा समेत पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यवसायीक अन्तर्राष्ट्रिय उडान सुरु हुन नसकेको भन्दै पोखरामा दबाबमुलक सचेतना र्‍याली निकालिएको छ।  नाम मात्रको अन्तर्राष्ट्रिय विमानस्थल भएको भन्दै अन्तर्राष्ट्रिय उडानको मागसहित...

गौतमबुद्ध विमानस्थल पूर्ण सञ्चालनको माग गर्दै भैरहवामा प्रदर्शन

भैरहवा- गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा सञ्चालनको माग गर्दै भैरहवामा विरोध प्रदर्शन गरिएको छ । उद्घाटन भएको लामो समय बित्दासमेत विमानस्थल नियमित सञ्चालनका लागि राज्य उदासिन रहेको भन्दै सिद्धार्थ सञ्जाल रुपन्देहीको नेतृत्वमा दर्जनौँ संघसंस्थाले भैरहवामा जनदबाब तथा विरोध प्रदर्शन गरेका हुन् । उद्घाटन भएको १६ महिना बित्दासमेत अन्तराष्ट्रिय उडान नियमित हुन नसकेपछि अर्बौँ लगानी जोखिममा […]

विमानस्थल पूर्ण रुपमा यथाशीघ्र सञ्चालनको पहल गर्न देउवासँग उद्योगीव्यवसायीको माग

बुटवल। सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा सुचारु गर्न समन्यवात्मक भूमिका निर्वाह गरिदिन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग माग गरेको छन् । संघले यस क्षेत्रको आर्थिक मेरुदण्डका रुपमा रहेको यो विमानस्थलबाट निरन्तर उडानको व्यवस्था गर्न माग गरेको हो । मंगलबार भैरहवामा देउवालाई ज्ञापनपत्र बुझाउँदै संघले विमानस्थलसँग सम्बन्धित सम्पूर्ण व्यवसाय, पर्यटन […]

अन्तर्राष्ट्रिय उडानको माग गर्दै आन्दोलन घोषणा

बुटवल– गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा सञ्चालनको माग गर्दै भैरहवामा आन्दोलन घोषणा भएको छ । सिद्धार्थ सञ्जाल रुपन्देहीले नियमित रुपमा अन्तर्राष्ट्रिय उडान हुनुपर्ने भन्दै दबाबमूलक कार्यक्रम सार्वजनिक गरेको हो । सञ्जालमा निजी क्षेत्र र सामाजिक गरी ३२ संघसंस्था आबद्ध छन् । विमानस्थल उद्घाटन भएको डेढ वर्षसम्म पनि नियमित अन्तर्राष्ट्रिय उडान हुन नसक्दा राज्य र निजी […]

गौतमबुद्ध विमानस्थल नियमित सञ्चालनको माग

उद्योगी–व्यवसायीले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण र नियमितरूपमा सञ्चालनका लागि पहल गर्न लुम्बिनी प्रदेश सरकारका मन्त्रीसँग माग गरेका छन् । उनीहरूले विमानस्थलमा अन्तर्राष्ट्रिय उडान नहुँदा विकासमा बाधा पुगेको गुनासो गरेका हुन् । चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार सङ्गठन, रुपन्देही) ले शनिबार भैरहवामा आयोजना गरेको लुम्बिनी प्रदेशका आन्तरिक मामिला, कानून तथा सहकारीमन्त्री सन्तोषकुमार पाण्डेय र …

निजगढ विमानस्थल निर्माणको माग राखेर २४ दिन देखि जारी अनशन स्थगित

बाराको निजगढमा निर्माणाधीन निजगढ विमानस्थल निर्माणका निम्ति निजगढ सार्वजनिक सरोकार समितिले निजगढ विमानस्थल निर्माणको माग राखेर विगत २४ दिनदेखि जारी गरेको अनशन स्थगित गरेको छ । जेठ १२ गते निजगढ विमानस्थल बारे सर्वोच्च अदालतबाट भएको निर्णयको पूर्ण पाठमा भने निजगढमा बन्ने भनिएको विमानस्थल निर्माणमा रोक नलगाएको हुँदा अनशन स्थगित गरेको हो ।  सर्वोच्च अदालतले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न रोक लगाएको विरोधमा निजगढस्थित सहिद चोकमा गत जेठ २४ गतेबाट सुरु भएको रिले अनशनको आज २४ औं दिनम

निजगढ विमानस्थल कुनै बहानामा सार्न मिल्दैन : मुख्यमन्त्री राउत

जनकपुरधाम : मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले दोस्रो अन्तरराष्ट्रिय विमानस्थल निजगढबाट  कुनै पनि बहानामा सार्न नमिल्ने बताएका छन्।निजगढमा विमानस्थल बन्नुपर्ने माग गर्दै आन्दोलनरत निजगढ सार्वजनिक सरोकार समितिसँगको साक्षात्कार कार्यक्रममा मुख्यमन्त्री राउतले मधेश प्रदेशको विकासका लागि अति महत्त्वपूर्ण निजगढ विमान स्थान सार्ने खेल आफूहरूलाई स्वीकार्य नहुने जानकारी गराए।सर्वोच्च अदालत फैसलाको पूर्णपाठ अझै आइनसकेकाले नआत्तिन निजगढवासीलाई आग्रह गर्दै मुख्यमन्त्री राउतले पूर्ण पाठमा निजगढ

निजगढमा विमानस्थल बनाउन रोक्ने रिट निवेदनको माग के–के थियो?

काठमाडौँ – सर्वोच्च अदालतले बिहीबार निजगढमा बनाउने तयारी गरिएको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन आदेश दिएको छ। नेपाल सरकारले लामो समयदेखि विमानस्थल निर्माणका लागि गरेको प्रयास सर्वोच्चको आदेशसँगै खेर गएको छ। न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत र मनोजकुमार शर्माको बृहत् पूर्ण इजलासले विमानस्थल निर्माणका सम्बन्धमा सरकारले हालसम्म गरेका निर्णय बदर गर्दै […]

निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन सर्वोच्चको आदेश

काठमाडौँ – सर्वोच्च अदालतले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सरकारको निर्णय बदर गरिदिएको छ। चारकोसे झाँडी मासेर विमानस्थल बनाउँदा पर्यावरणमा क्षति पुग्ने भएकाले त्यसलाई रोक्न माग गर्दै वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मा र रन्जुहजुर पाँडे क्षेत्रीले सर्वोच्चमा रिट दायर गरेका थिए। उनीहरुको रिट निवेदनमाथि निर्णय सुनाउँदै बिहीबार बृहत पूर्ण इजलासले विमानस्थल बनाउन सरकारले अहिलेसम्म गरेका निर्णय […]