आयल निगमका खड्काद्वारा थप २० करोड घोटाला

करिब ६७ करोड रुपैयाँको जग्गा खरिद प्रकरणमा जोडिएका नेपाल आयल निगमका प्रबन्ध निर्देशक गोपाल खड्का थप २० करोड रुपैयाँबराबरको अनियमिततामा समेत मुछिएका छन्। खड्काको अनियमितता पेट्रोल–डिजेल ट्यांकर र ग्यास बुलेट खरिद, कर्मचारी नियुक्ति, ग्यास उद्योग सञ्चालन अनुमतिलगायत निर्णयमा खुलेको हो।

सम्बन्धित सामग्री

चिनियाँ जहाज किन्न प्रस्ताव परेन, पुन: टेन्डर आह्वान

काठमाडौं। गत पुस ५ गते पाँचओटा चिनियाँ जहाज विक्रीका लागि बोलपत्र आह्वान गरेको नेपाल वायुसेवा निगमले क्रेता नपाएपछि बोलपत्र दोहोर्‍याएको छ । विगत वर्षदेखि नै ग्राउन्डेड चिनियाँ जहाजहरू विक्रीका लागि निगमले मंगलवार पुन: टेन्डर आह्वान गरेको हो । गतवर्ष निगमले चिनियाँ जहाज भाडामा लगाउन पनि प्रस्ताव आह्वान गरेको थियो । भाडामा लिन इच्छुक कम्पनी नपाएपछि निगमले ती जहाज विक्रीका लागि प्रक्रिया अघि बढाएको हो । पहिलो बोलपत्र आह्वानमा जहाज खरीद गर्न कसैले चासो नदिएपछि निगमले दोस्रोपटक टेन्डर आह्वान गर्नुपरेको हो ।  तोकिएको अवधिभित्र कुनै पनि प्रस्ताव नआएपछि पुन: टेन्डर आह्वान गरिएको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए । ‘चिनियाँ जहाज विक्रीका लागि इच्छुक कम्पनीलाई आह्वान गरिएको तर तोकिएको म्यादमा कुनै आवेदन नपरेको हुँदा पुन: टेन्डर आह्वान गरिएको हो,’ पौडेलले भने । ग्राउन्डेड चिनियाँ जहाज विक्रीका लागि इच्छुक आवेदनकर्ताले फेब्रुअरी २१ (फागुन ९ गते) सम्म निगममा प्रस्ताव पेश गर्नुपर्ने छ । सरकारले २०७१ वैशाखदेखि चिनियाँ जहाज ल्याउन थालेको थियो । उसले दुईओटा अनुदानमा र चारओटा ऋणमा किनेर ल्याएको थियो । एमए–६० र वाई–१२ई जहाज १–१ थान चीन सरकारको सहयोगमा ल्याइएका थिए । बाँकी एमए–६० र ३ ओटा वाई–१२ई जहाज सहुलियत ब्याजको ऋणमा ल्याइएको हो । साता वर्ष ग्रेस अवधि र २० वर्षसम्ममा ऋण चुक्ता गर्ने गरी सरकारले ती जहाज खरीद गरेको थियो । यी जहाज खरीदका लागि सरकारले पटकपटक गरी ४ अर्ब रुपैयाँभन्दा बढी रकम खर्चिएको थियो ।  दुईओटा न्यारोबडी जहाज ‘वेट लिज’मा लिने वायुसेवा निगमको तयारी  अहिले बीमा र पार्किङका लागि मात्रै वर्षमा २० करोड रुपैयाँ तिर्न परेको भन्दै एक कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले गुनासो गरेको थिए । उनले भनेका थिए, ‘चिनियाँ जहाज कसरी र किन किनियो भन्ने खोज्दै जान सम्भव छैन ।  अझै कति ऋण तिर्ने ?’ निगमले २०७८ कात्तिकदेखि ऋणको किस्ता तिर्न शुरू गर्नुपर्ने थियो । त्यसको १ वर्षपछि निगमले जहाज विक्रीका लागि २०७९ मङ्सिरमा जहाजको मूल्यांकन प्रक्रिया थालेको थियो । त्यतिबेला अर्थ मन्त्रालयले विक्री वा भाडामा दिने विकल्प दिएको थियो । तर, ती जहाज भाडामा पनि कसैले लगेन । अहिले विक्रीका लागि प्रयास गर्दा पनि कसैले बोलपत्र पेश गरेन । यसैगरी निगमले दुईओटा न्यारोबडी जहाज वेट लिज (जहाज, क्रु, मर्मतसम्भार र बीमा (एसीएमआई) इच्छुक कम्पनीले व्यवस्थापन गर्ने) मा लिन मंगलवार नै अन्तरराष्ट्रिय बोलपत्र आह्वान गरेको छ । दुईओटा वाइड बडी र दुईओटा न्यारोबडी जहाजबाट सेवा दिँदै आएको निगमले थप दुईओटा न्यारोबडी जहाज वेट लिजमा लिन टेन्डर आह्वान गरेको हो । निगमले मंगलवार जारी गरेको प्रेस विज्ञप्तिअनुसार न्यारोबडी जहाजले उडान चापको माग धान्न नसकेको भन्दै थप जहाजका लागि प्रक्रिया अघि बढाइएको बताइएको छ ।  निगमका अनुसार हाल दुईओटा वाइड बडी जहाज जापान, सिड्नी र कोरिया उडानमा प्रयोग हुँदै आएका छन् । ‘अन्य सेक्टरमा दुईओटा न्यारो बडी जहाजले उडान चापको माग धान्न सक्दैन,’ विज्ञप्तिमा भनिएको छ, ‘थप भएका जहाजले दिल्ली, दुबई, दोहा, मलेशियालगायत सेक्टरमा उडान थप गरी आय बढाउने तथा भैरहवाबाट समेत अन्य गन्तव्यमा उडान भर्ने योजना रहेको छ ।’

सरकारसँग ऋण लिएर आयल निगमले आईओसीलाई बुझायो १६ अर्ब ८० करोड

काठमाडौँ । नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसन (आइओसी)को बक्यौता रकम घटाएको छ । आज (मंगलबार) दायित्व स्वरुपको १६ अर्ब ८० करोड रुपैयाँ भुक्तानी गरेपछि आईओसीलाई तिर्नुपर्ने बक्यौता रकम १४ अर्ब ४० करोड रुपैयाँमा झरेको छ । ‘आइओसीलाई तिर्नुपर्ने बक्यौता रकम ३१ अर्ब २० करोड थियो । १६ अर्ब ८० करोड बुझाएका छौँ,’ निगमका प्रवक्ता […]

निगमले ऋण लिएर आईओसीलाई बुझायो साढे १० अर्ब भारू

नेपाल आयल निगमले इण्डियन आयल कर्पोरेशन (आईओसी)लाई १० अर्ब ५० करोड भारू (१६ अर्ब ८० करोड) रुपैयाँ बुझाएको छ । घाटामा तेल बेचिरहेको निगमले लामो समयदेखि आईओसीसँग उधारोमा तेल किनिरहेको थियो । जसबापत, आईओसीलाई तिनुपर्ने रकम ३१ अर्ब २० करोड रुपैयाँ पुगेका थियो ।जसमध्ये, १६ अर्ब ८० करोड रुपैयाँ बुझाउन लागिएको निगमका प्रवक्ता विनितमणिि उपाध्यायले रातोपाटीलाई जानकारी दिए । आईओसीलाई बुझाउन लागिएकोमध्ये १० अर्ब रुपैयाँ ऋणबाट सङ्कलन गरिएको हो । नेपाल सरकारले ७ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण, २ अर्ब ७५ कर

भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको भाउ, नेपालमा तत्कालै घट्ने सम्भावना कम !

काठमाण्डाै - भारतबाट पेट्रोलियम पदार्थको भाउ घटेर आएको छ ।अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ घटेसँगै भारतीय आयल कर्पोरेसन (आईओसी)बाट पनि नेपाल आयल निगमका लागि पेट्रोलियम पदार्थको भाउ घटेर आएको छ ।पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र डिजल प्रतिलिटर १६ रुपैयाँ ५६ पैसा घटेर आएको नेपाल आयल निगमले जनाएको छ ।भारतबाट भाउ घटेर आए पनि अझै निगम घाटामा रहेकाले तत्कालै भाउ घट्ने सम्भावना नरहेको निगमले जनाएको छ ।आयल निगमले अझै आईओसीलाई ३१ अर्ब २० करोड रुपैयाँ तिर्न बाँकी भएको जनाएकाे छ । यो ऋण रकम तिर्न ...

नेपाल आयल निगमले सरकारसँग पैसा मागेर आईओसीलाई पठायो १३ अर्ब

माघ १०, काठमाडौं । सञ्चित बचत शून्यमा झरेपछि अप्ठ्यारोमा पुगेको नेपाल आयल निगमले सरकारसँग पैसा मागेर इन्डियन आयल कर्पोरेसन (आईओसी) लाई  १३ अर्ब रुपैयाँभन्दा बढी भुक्तानी गरेको छ ।             निगमले मूल्य स्थिरीकरण कोषबाट १ अर्ब ८० करोड रुपैयाँ लिएर जनवरी महीनाको दोस्रो किस्तावापतको रकम आईओसीलाई भुक्तानी गरेको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । निगमले सोमवार आइओसीलाई १३ अर्ब २० करोड रुपैयाँ पठाएको छ ।             सञ्चित बचत शून्यमा पुगेसँगै आईओसीलाई तिर्नुपर्नेमध्ये १ अर्ब ८० करोड रुपैयाँ अपुग भएपछि निगमले उक्त रकम उपलब्ध गराइदिन सरकारसँग आग्रह गरेको थियो । मूल्य स्थिरीकरण कोष सञ्चालक समितिको शुक्रवारको बैठकले आईओसीलाई तिर्न अपुग १ अर्ब ८० करोड रुपैयाँ निगमलाई उपलब्ध गराउने निर्णय गरेको थियो ।             कोष सञ्चालक समितिको अध्यक्ष वाणिज्य तथा आपूर्ति सचिव रहने व्यवस्था छ । सरकारले पेट्रोलियम पदार्थको मूल्यमा स्थिरिता कायम गर्न विसं २०७१ मा ‘पेट्रोलियम पदार्थ तथा ग्यासको मूल्य स्थिरीकरण कोष (सञ्चालन) नियमावली’ जारी गरेको थियो ।             अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य लगातार उकालो लाग्दा निगमको घाटा पनि चुलिंदै गएको छ । पेट्रोलियम पदार्थको खरीद मूल्य बढ्दै जाँदा मूल्य समायोजन नगर्ने हो भने निगम थप घाटामा जाने जानकारको भनाइ छ । सरकारसँग पैसा मागेर जनवरी महीनाको दोस्रो किस्ता बुझाएका निगमका अधिकारी आईओसीलाई अर्को महीनाको किस्ता कसरी बुझाउने भन्ने चिन्तामा छन् ।             निगमले दोस्रो किस्ताबापत आइओसीलाई २३ तारिखमा रकम बुझाउनुपर्ने भएपनि आइतवार आईओसी बन्द भएका कारण एक दिन पछि भुक्तान गरेको हो । निगमले प्रत्येक अंग्रेजी महीनाको ८ र २३ तारिखमा आईओसीलाई पेट्रोलियम पदार्थ खरीद गरेबापतको रकम भुक्तानी गर्दै आएको छ । रासस

राजस्वको संरचनागत कमजोरी सुधार

नेपाल आयल निगमले मुलुकको कुल राजस्व आम्दानीमा १०.३५ प्रतिशत योगदान गरेको छ । निगमले गर्वका साथ दिएको जानकारीका अनुसार गत आव २०७७-०७८ मा निगम एक्लैले सरकारलाई ९७ अर्ब २० करोड ४१ लाख रुपैयाँ राजस्व बुझाएको छ । सरकारले गत आवमा कुल ९ खर्ब २० करोड ४१ लाख राजस्व संकलन गरेको थियो । निगमका अनुसार गत […]

निगमको सवा २ अर्ब लाभांश पारित

नेपाल आयल निगमको ३९ औं साधारणसभाले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने सञ्चालक समितिको प्रस्ताव पारित गरेको छ । यससँगै निगमका सेयरधनीले लाभांशवापत २ अर्ब २० करोड रुपैयाँ प्राप्त गर्नेछन् । निगममा सरकार र सरकारका विभिन्न निकायको ९९ प्रतिशत सेयर रहेको छ ।निगम नाफामा गएसँगै पछिल्लो चार वर्षदेखि सरकारलाई बोनश तथा लाभांश वितरण गर्दै आएको छ […]

आयल निगमको नाफा १२ अर्ब ९१ करोड ४८ लाख

काठमाडौं । नेपाल आयल निगमले गत आर्थिक वर्ष २०७६/०७७ मा खुद नाफा रु १२ अर्ब ९१ करोड ४८ लाख गरेको जनाएको छ । निगम सञ्चालक समितिको ३९ औंँ वार्षिक साधारणसभामा निगम सञ्चालक समितिका अध्यक्ष एवं उद्योग, वाणिज्य तथा आपूर्ति सचिव वैकुण्ठ अर्यालले उक्त प्रतिवेदन प्रस्तुत गर्नुभएको निगमले जनाएको छ ।निगमले नाफा रकमबाट निगमका शेयरधनीलाई चुक्ता पूँजीको २० प्रतिशत बराबरको नगद लाभांश रु दुई अर्ब २० करोड वितरण गर्न साधारणसभाले स्वीकृति प्रदान गरेको थियो । निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार आव २०७६/७७ को

आयल निगमको खुद नाफा रु १२ अर्ब ९१ करोड ४८ लाख

नेपाल आयल निगमले गत आर्थिक वर्ष २०७६/०७७ मा खुद नाफा रु १२ अर्ब ९१ करोड ४८ लाख गरेको जनाएको छ ।  निगम सञ्चालक समितिको ३९ औंँ वार्षिक साधारणसभामा निगम सञ्चालक समितिका अध्यक्ष एवं उद्योग, वाणिज्य तथा आपूर्ति सचिव वैकुण्ठ अर्यालले उक्त प्रतिवेदन प्रस्तुत गर्नुभएको निगमले जनाएको छ । निगमले नाफा रकमबाट निगमका शेयरधनीलाई चुक्ता पूँजीको २० प्रतिशत बराबरको नगद लाभांश रु दुई अर्ब २० करोड वितरण गर्न साधारणसभाले स्वीकृति प्रदान गरेको थियो । निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार आव २०७६–७७ को लेखापरीक्षणसमेतका व...

निगमले लकडाउनदेखि भदौ १५ सम्म २ अर्ब रुपैयाँ कमायो

नेपाल वायुसेवा निगमले २ अर्ब रुपैयाँ आम्दानी गरेको छ । चैत ११ देखि भदौ १५ सम्म निगमले चार्टर र कर्गाे उडानमार्फत २ अर्ब बढी रुपैयाँ आम्दानी गरेको निगमले जनाएको छ । उद्दार उडानमार्फत निगमले १ अर्ब २० करोड र ८० करोड कार्गो गरी कुल २ अर्ब रुपैयाँ यो समयमा निगमले आम्दानी गरेको निगमका कार्यकरी अध्यक्ष […]