नेपाल आयल निगमले सरकारसँग पैसा मागेर आईओसीलाई पठायो १३ अर्ब

माघ १०, काठमाडौं । सञ्चित बचत शून्यमा झरेपछि अप्ठ्यारोमा पुगेको नेपाल आयल निगमले सरकारसँग पैसा मागेर इन्डियन आयल कर्पोरेसन (आईओसी) लाई  १३ अर्ब रुपैयाँभन्दा बढी भुक्तानी गरेको छ ।             निगमले मूल्य स्थिरीकरण कोषबाट १ अर्ब ८० करोड रुपैयाँ लिएर जनवरी महीनाको दोस्रो किस्तावापतको रकम आईओसीलाई भुक्तानी गरेको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । निगमले सोमवार आइओसीलाई १३ अर्ब २० करोड रुपैयाँ पठाएको छ ।             सञ्चित बचत शून्यमा पुगेसँगै आईओसीलाई तिर्नुपर्नेमध्ये १ अर्ब ८० करोड रुपैयाँ अपुग भएपछि निगमले उक्त रकम उपलब्ध गराइदिन सरकारसँग आग्रह गरेको थियो । मूल्य स्थिरीकरण कोष सञ्चालक समितिको शुक्रवारको बैठकले आईओसीलाई तिर्न अपुग १ अर्ब ८० करोड रुपैयाँ निगमलाई उपलब्ध गराउने निर्णय गरेको थियो ।             कोष सञ्चालक समितिको अध्यक्ष वाणिज्य तथा आपूर्ति सचिव रहने व्यवस्था छ । सरकारले पेट्रोलियम पदार्थको मूल्यमा स्थिरिता कायम गर्न विसं २०७१ मा ‘पेट्रोलियम पदार्थ तथा ग्यासको मूल्य स्थिरीकरण कोष (सञ्चालन) नियमावली’ जारी गरेको थियो ।             अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य लगातार उकालो लाग्दा निगमको घाटा पनि चुलिंदै गएको छ । पेट्रोलियम पदार्थको खरीद मूल्य बढ्दै जाँदा मूल्य समायोजन नगर्ने हो भने निगम थप घाटामा जाने जानकारको भनाइ छ । सरकारसँग पैसा मागेर जनवरी महीनाको दोस्रो किस्ता बुझाएका निगमका अधिकारी आईओसीलाई अर्को महीनाको किस्ता कसरी बुझाउने भन्ने चिन्तामा छन् ।             निगमले दोस्रो किस्ताबापत आइओसीलाई २३ तारिखमा रकम बुझाउनुपर्ने भएपनि आइतवार आईओसी बन्द भएका कारण एक दिन पछि भुक्तान गरेको हो । निगमले प्रत्येक अंग्रेजी महीनाको ८ र २३ तारिखमा आईओसीलाई पेट्रोलियम पदार्थ खरीद गरेबापतको रकम भुक्तानी गर्दै आएको छ । रासस

सम्बन्धित सामग्री

नेपाल आयल निगम ऋणमुक्त

नेपाल आयल निगम ऋणमुक्त भएको छ । नेपाल आयल निगमले सरकारलाई तिर्नुपर्ने सात अर्ब रुपियाँ ऋण मङ्गलबार चुक्ता गरेसँगै निगम ऋणमुक्त भएको हो ।

नेपाल आयल निगम र पुस २६

निगमको एकाधिकार इन्धन आपूर्तिमा एकाधिकार पाएको सरकारी संस्था नेपाल आयल निगमले हरेक वर्ष पुस २६ गते आफ्नो वार्षिकोत्सव मनाउँछ । देशको अर्थतन्त्रमा प्रत्यक्ष सरोकार राख्ने यो संस्थाबारे संक्षिप्त चर्चा गर्ने यो लेखको आशय रहेको छ । आयातित डिजेल, पेट्रोल अधिक बिक्री हुन्छ यहाँ । एक लिटर पेट्रोलमा ६३.३६, डिजेलमा ४७.०३, मटीतेलमा १३.७५, हवाई इन्धनमा २६.३० […]

दुई वर्षपछि नेपाल आयल निगम नाफामा

काठमाडौं, कात्तिक २१ । झन्डै दुई वर्षपछि नेपाल आयल निगमले नाफामा गएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेर आए पनि सोअनुसार स्थानीय बजारमा मूल्य समायोजन नगर्दा निगम नाफामा गएको हो । विगत २१ महिनादेखि घाटामा रहेको निगम असोज ३० गते (अक्टोबर १६)देखि नाफामा गएको हो । गत भदौदेखि नै पेट्रोलियम पदार्थको मूल्य घट्दै […]

दुई वर्षपछि नेपाल आयल निगम नाफामा

झन्डै दुई वर्षपछि नेपाल आयल निगमले नाफामा गएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेर आए पनि सोअनुसार स्थानीय बजारमा मूल्य समायोजन नगर्दा निगम नाफामा गएको हो ।विगत २१ महिनादेखि घाटामा रहेको निगम असोज ३० गते (अक्टोबर १६)देखि नाफामा गएको हो । गत भदौदेखि नै पेट्रोलियम पदार्थको मूल्य घट्दै आएको थियो । अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेपछि अक्टोबर १ देखि १५ सम्मको अवधिमा निगमलाई ३९ करोड रुपियाँ नाफा भएको थियो । कात्तिक १५ गते (नोभेम्बर १)मा इन्धनको मूल्य बढेर आएकाले निगमको नाफा १५ दि

तेल किनेको पैसा तिर्न टेकुको जग्गा धितो राख्दै नेपाल आयल निगम

भारतबाट महँगोमा तेल किनेर नेपालमा सस्तोमा बेचिरहेको नेपाल आयल निगम निरन्तर घाटामा गएको छ । घाटाकै कारण निगमले केन्द्रीय कार्यालय रहेको टेकुको ४० रोपनीभन्दा धेरै जग्गा धितोमा राख्ने भएको छ । खासगरी, अर्थ मन्त्रालयले निगमलाई सोधभर्ना गर्नुपर्ने ३ अर्ब रुपैयाँका लागि निगमले आफ्नो केन्द्रीय कार्यालय रहेको जग्गा बैंकमा धितो राख्न लागेको हो ।अर्थ मन्त्रालयले आज निगमलाई पत्र लेख्दै जग्गा धितो राखेर आफूले दिनुपर्ने रकम सोधभर्ना गर्न भनेको छ । यससँगै निगमले तेल किनेबापत भारतीय आयल निगमलाई तिर्नुपर्न

नेपाल आयल निगम निजीकरण गर्ने योजना छैन: प्रधानमन्त्री देउवा

काठमाडौं– प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका अध्यक्ष शेरबहादुर देउवाले नेपाल आयल निगम निजीकरण गर्ने सरकारको नीति नभएको बताएका छन् । आज शनिवार संसद भवनमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री देउवाले निजीकरण गर्ने कुनै योजना नरहेको बताएका हुन् । ‘सार्वजनिक संस्थानहरुको सुधारका लागि नीति तथा कार्यक्रममा समावेश विषयलाई विषयान्तर गरिएको छ, निजीकरण गर्ने विषयमा सरकारको कुनै […]

दैनिक यतिधेरै घाटामा छ नेपाल आयल निगम

नेपाल आयल निगम अत्यधिक घाटामा रहेको पाइएको छ । पेट्रोलियमको मूल्य बढे पनि अझै निगमलाई १५ दिनमा एक अर्ब ८८ करोड घाटा हुने निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । निमलाई अझै पेट्रोलमा प्रतिलिटर १० रुपैयाँ ७२ पैसा, डिजेलमा छ रुपैयाँ ३३ पैसा र एलपी ग्यासमा प्रतिसिलिण्डर ६४६ रुपैयाँ १६ पैसा घाटा छ । निगमले आजराति १२ बजेदेखि लागू हुनेगरी डिजेल, मट्टितेल र पेट्रोलमा प्रतिलिटर तीन रुपैयाँ वृद्धि गरेको थियो । यस्तै आन्तरिकतर्फको हवाई इन्धनमा प्रतिलिर रु पाँच तथा अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनको मूल्यमा प्रतिकिल...

तेल किन्न ऋण लिनुपर्ने अवस्था आयो: नेपाल आयल निगम(विज्ञप्तिसहित)

काठमाडौँ, ४ माघ। नेपाल आयल निगमले आफ्नो सञ्चित मुनाफा रित्तिए पछि तेल किन्न ऋण लिनुपर्ने अवस्था आएको स्पष्ट पारेको छ । निगमले हिजो (सोमबार) एक विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय बजारमा बढेको मूल्यअनुसार नेपालमा मूल्य समायोजन गर्न नसक्दा यसै महिनादेखि तेल किनेको रकम भुक्तानी गर्न नसक्ने अवस्था सिर्जना भएको जनाएको हो । निगमले जारि गरेको विज्ञप्तिमा […]

नेपाल आयल निगम नेतृत्वविहीन, कार्यकारी निर्देशक पौडेलको तीन वर्षे कार्यकाल पूरा

पुस २३, काठमाडौं । नेपाल आयल निगम शुक्रवारदेखि ने प्रमुख विहीन भएको छ । निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेल तीन वर्षे कार्यकाल पूरा गरी बाहिरिएसँगै उक्त पद रिक्त भएको हो । उनले सामाजिक सञ्जालमार्फत तीनवर्षे कार्यकाललाई बिट मारेको बताएका छन् । तत्कालिन सरकारले २०७५ पुस २३ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार उनी कार्यकारी निर्देशक नियुक्त गरेको थियो । ‘पदीय गरिमा जोगाउने क्रममा निगमको हितलाई सर्वोपरी ठानी ज्ञान र बुद्धिले भ्याएसम्म अहोरात्र खटिइरहें,’ उनले भनेका छन्, ‘समस्त उपभोक्ताको सर्वतोमुखी हितलाई अर्जुनदृष्टि र अभीष्ट बनाउँदै तीन वर्षको कार्यकाल बिट मारेको छु । इन्धन आपूर्तिको सरल र बक्र दुवै गहिराइका तीतामीठा अनुभूतिसहित उपभोक्ता र निगमको वृद्धिका निम्ति आफूले कति सहजीकरण गर्न सकें या सकिनँ, यसको समग्र मूल्यांकन इतिहासलाई छाडेको छु ।’ गत बुधवार बसेको मन्त्रिपरिषद् बैठकले निगमको कार्यकारी पद खाली हुनै लाग्दा  उनलाई पुनर्नियुक्ति नगरेका कारण उक्त पद रिक्त भएको हो। उनी यसअघि उदयपुर सिमेन्ट उद्योगका महाप्रबन्धक थिए । सरकारले अव निगमको उक्त पदमा नयाँ नियुक्ती गर्ने छ ।

यसरी डिजिटल बन्दै छ नेपाल आयल निगम, पेपर वर्कलाई शुन्यमा झार्ने योजना

पछिल्लो समय सरकारी कार्यालयले प्रविधिलाई प्राथमिकतामा राखेका छन् । प्रविधिले गर्दा छिटो, छरितो र भरपर्दो सेवा दिन सकिने भएकाले सरकारी कार्यालयले यसलाई प्राथमिकतामा राखेका हुन् । यसैको एउटा उदाहरण हो, नेपाल आयल निगम लिमिटेड । निगमले आफुलाई पूर्ण डिजिटाइजेसनमा लैजान इन्टरप्राइज रिसोर्स प्लानिङ (ईआरपी) सिस्टम कार्यान्वयनमा ल्याएको छ । गत साउनदेखि ईआरपी सिस्टम...