काठमाण्डाै – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पालिकामा अनियमितताकाे उजुरी बढेको बताएको छ । आज सोमवार राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रतिवेदन बुझाएपछि प्रधान कार्यालयमा पत्रकार सम्मेलन गर्दै आयोगले पालिकामा हुने अनियमितताकाे उजुरी बढेको बताएको हो । आयोगको ३१ औँ वार्षिक प्रतिवेदनबारे जानकारी दिँदै आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले शिक्षातर्फका उजुरीहरू पनि पालिकामा भएका कारण यसको सङ्ख्या बढेको बताउनुभयो । उहाँले पालिकामा अनियमितताका उजुरीहरू बढिरहेको भन्दै भ्रष्टाचारजन्य गतिविधिमा ...