काठमाडौँ । कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्यायलाई जिल्ला समन्वय समितिको निर्वाचनमा सहभागी नगराउन माग गरिएको छ । समितिको उपप्रमुख पदका उम्मेदवार राजेन्द्रप्रसाद खनालले मुख्य निर्वाचन अधिकृतको कार्यालय, कैलालीमा निवेदन दिँदै विशेष अदालतको फरार सूचिमा रहेका उपाध्यक्षलाई निर्वाचनको मतदान प्रक्रियामा सहभागी नगराउन माग गरेका हुन् । जेठ २७ गते अध्यक्ष उपाध्यायलाई निर्वाचन अधिकृतको कार्यालयमा मतदान […]