कैलाली : कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्यायलाई जिल्ला समन्वय समितिको निर्वाचनमा सहभागी नगराउन मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन परेको छ। दाबी विरोध र उजुरीको समय सकिएपछि निर्वाचनमा सहभागी नगराउन भन्दै शनिबार निवेदन परेको मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले जानकारी दिए। समितिको उपप्रमुख पदका उम्मेदवार राजेन्द्रप्रसाद खनालले मुख्य निर्वाचन अधिकृतको कार्यालय कैलालीमा निवेदन दिँदै विशेष अदालतको फरार सूचीमा रहेका उपाध्यक्षलाई निर्वाचनको मतदान प्रक्रियामा सहभा