सप्तरी प्रहरीले बहुविवाह मुद्दाका फरार प्रतिवादी श्रीमान्– श्रीमती पक्राउ गरेको छ । घरमै लुकिछिपी बसेको अवस्थामा सप्तरीको सुरुङ्गा नगरपालिका–३ का ४७ वर्षीय जलेसर यादव र उनकी ४५ वर्षीया पत्नी मञ्जु देवी यादवलाई प्रहरीले पक्राउ गरेको हो ।सिराहाको वस्तिपुर–९ घर भई हाल सुरुङ्गा नगरपालिका-३ बस्ने जलेसरकी जेठी पत्नी असियादेवी यादवको जाहेरी अनुसार उनीहरूलाई अदालतले जनही १ वर्ष कैद र ५ हजार जरिवाना तोकेको थियो । बहुविवाह मुद्दामा सप्तरी जिल्ला अदालतबाट २०७३ जेठ २ गते सजाय र जरिवाना तोक