जाजरकोटको शिवालय गाउँपालिकाको अध्यक्षमा काँग्रेसका शाही निर्वाचित

जाजरकोटको शिवालय गाउँपालिकामा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका अध्यक्षका उम्मेदावर शेरबहादुर शाही र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) का गीताकुमारी शाही निर्वाचित भएका छन् ।मतगणनाको अन्तिम परिणामअनुसार शाहीले तीन हजार ३०३ मत ल्याउँदा नेकपा एमालेका रंगनाथ योगीले दुई हजार ७१८ मत ल्याएका छन् । उनीहरूबीच ५८५ को मतान्तर रहेको शिवालय निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।त्यसैगरी उपप्रमुखमा सत्ता गठबन्धन दलका तर्फबाट नेकपा माओवादी केन्द्रका गीता शाहीले एमालेकी नैनसरा शाहीलाई २४० मतको फराकिलो अन्त

सम्बन्धित सामग्री

जाजरकोटको शिवालय गाउँपालिका अध्यक्षमा कांग्रेसका शाही निर्वाचित

काठमाडौं । जाजरकोटको शिवालय गाउँपालिकामा कांग्रेसका शेरबहादुर शाही निर्वाचित भएका छन् ।   अध्यक्षमा शाही ३३०३ मत पाएर निर्वाचित हुँदा एमालेका रंगनाथ योगीले २७१८ मत पाएर पराजित भएका छन् ।  गाउँपालिकाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी गीताकुमारी शाहीले २६५९ मत पाएर निर्वाचित हुँदा एमालेकी नैनसरा शाहीले २४२९ मत पाएकी छन् ।

जाजरकोटमा गर्भवतीको मृत्यु

३० फागुन, जाजरकोट । शिवालय गाउँपालिकामा आज एक गर्भवतीको मृत्यु भएको छ । सुत्केरी व्यथा लागेकी शिवालय गाउँपालिका-४ की विर्मा रावतको अत्यधिक रक्तस्रावपछि मृत्यु भएको गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार शाहीले जानकारी दिए । अध्यक्ष शाहीका अनुसार गाउँपालिकाको पहलमा रुकुम पश्चिमको चौरजहारी अस्पताल लैजाने क्रममा रावतको बाटोमै मृत्यु भएको हो ।

छेडाबजारमा सीसीटीभी क्यामेरा जडान

जाजरकोट– भेरी करिडोरअन्तरर्गत जाजरकोटको छेडाबजारमा सीसीटीभी क्यामेरा जडान गरिएको छ । सुर्खेत र जाजरकोट जिल्लाको सिमाना शिवालय गाउँपालिका –१ को छेडाबजारमा क्यामेरा जडान गरिएको हो । शिवालय गाउँपालिकाको पाँच लाख लागतमा क्यामेरा जडान गरिएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार शाहीले बताएका छन् । जिल्लाको प्रमुख प्रवेशद्वारको रुपमा रहेको छेडा बजारमा विभिन्न अपराधिक घटनाहरू घटाइ जिल्ला बाहिरिने तथा […]

देउमतीले पाइन् ७० वर्षमा नागरिकता

जाजरकोट : शिवालय गाउँपालिका–४ की ७० वर्षीय देउमती बुढाले गाउँपालिकाको प्रशासकीय केन्द्र ऐरेलीबाट नागरिकता पाइन्। नागरिकता नभएकाले सामाजिक सेवा भत्ताबाट बञ्चित उनले नागरिकताको प्रमाणपत्र पाएपछि अब वृद्धाभत्ता पाउने बताइइन्। ‘अब वृद्धाभत्ता पाउने भएँ,’ उनले भनिन्, ‘भोट नै हाल्न नपाई मरिन्छ कि जस्तो ...