जाजरकोटको शिवालय गाउँपालिका अध्यक्षमा कांग्रेसका शाही निर्वाचित

काठमाडौं । जाजरकोटको शिवालय गाउँपालिकामा कांग्रेसका शेरबहादुर शाही निर्वाचित भएका छन् ।   अध्यक्षमा शाही ३३०३ मत पाएर निर्वाचित हुँदा एमालेका रंगनाथ योगीले २७१८ मत पाएर पराजित भएका छन् ।  गाउँपालिकाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी गीताकुमारी शाहीले २६५९ मत पाएर निर्वाचित हुँदा एमालेकी नैनसरा शाहीले २४२९ मत पाएकी छन् ।  

सम्बन्धित सामग्री

कृषिजन्य वस्तु बाहिर पठाउन सडक निर्माण

जाजरकाेट – शिवालय गाउँपालिका–२ नेपामा उत्पादन गरिएका कृषिजन्य वस्तु उत्पादन गरी बाहिर जिल्ला पठाउनका लागि सडकको पहुँच विस्तार गर्न लागिएको छ। पालिकाको प्रशासकीय केन्द्र सीमाबाट तरकारी उत्पादन भइरहेको नेपासम्म सडक जोड्नका लागि काम जारी रहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बाँठाले जानकारी दिए। पालिका र कृषि क्षेत्र विकास कार्यक्रमको संयुक्त रुपमा रु दुई करोड २० […]

वीरेन्द्रनगरबाट एक जना नक्कली चिकित्सक पक्राउ

सुर्खेत – सुर्खेतको वीरेन्द्रनगरबाट एक जना नक्कली चिकित्सक पक्राउ परेका छन्। पक्राउ पर्नेमा जाजरकोटको शिवालय गाउँपालिका–१ का २२ वर्षीय डिल बहादुर महतारा रहेका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी एवं सूचना अधिकारी सुरज कार्कीका अनुसार उनी वीरेन्द्रनगर नगरपालिका–६ स्थित समाज डेन्टल केयर क्लिनिकका सञ्चालक हुन्। वीरेन्द्रनगरकै एक महिला दाँत दुख्ने समस्या लिएर उनको क्लिनिकमा गएकी […]

पहिरोका कारण कर्णालीका सडक अवरुद्ध

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार भेरी करिडोर अन्र्तगत सुर्खेतको गुर्भाकोट नगरपालिका–९ को पोखरे, कुरिले र जुम्लीभीरमा पहिरो गएको छ। यस्तै जाजरकोटको शिवालय गाउँपालिका–१ र भेरी नगरपालिका–१३ मा पहिरो गएको छ।...

जाजरकोटमा टाइफाइडविरुद्ध खोप दुई चरणमा लगाइने

जाजरकोटमा टाइफाइडविरुद्धको खोप दुई चरणमा लगाइने भएको छ ।  पहिलो चरणमा आज शनिबारदेखि ४ वैशाखसम्म भेरी नगरपालिका, नलगाड नगरपालिका र बारेकोट गाउँपालिकामा सञ्चालन हुने भएको छ । दोस्रो चरणमा आइतबारबाट ९ वैशाखसम्म नलगाड नगरपालिका, शिवालय गाउँपालिका, जुनीचाँदे गाउँपालिका र कुशे गाउँपालिका खोप अभियान चल्नेछ ।शुक्रबार कुदुबाट टाइफाइडविरुद्धको खोप अभियानको शुभारम्भ गरिएको थियो । भगवती माविमा आयोजित कार्यक्रममा जिल्ला खोप समन्वय समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका संयोजक मनबहादुर रावल र स्व

रक्तश्रावका कारण सुत्केरीको ज्यान गयो

जाजरकोटमा अत्याधिक रक्तश्रावका कारण एक सुत्केरीको ज्यान गएको छ। शिवालय गाउँपालिका –४ कि २७ वर्षीया वर्मा रावतको सुत्केरी भईसकेपछि रक्तश्रावका कारण मृत्यु भएको हो।...

जाजरकोटमा गर्भवतीको मृत्यु

३० फागुन, जाजरकोट । शिवालय गाउँपालिकामा आज एक गर्भवतीको मृत्यु भएको छ । सुत्केरी व्यथा लागेकी शिवालय गाउँपालिका-४ की विर्मा रावतको अत्यधिक रक्तस्रावपछि मृत्यु भएको गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार शाहीले जानकारी दिए । अध्यक्ष शाहीका अनुसार गाउँपालिकाको पहलमा रुकुम पश्चिमको चौरजहारी अस्पताल लैजाने क्रममा रावतको बाटोमै मृत्यु भएको हो ।

छेडाबजारमा सीसीटीभी क्यामेरा जडान

जाजरकोट– भेरी करिडोरअन्तरर्गत जाजरकोटको छेडाबजारमा सीसीटीभी क्यामेरा जडान गरिएको छ । सुर्खेत र जाजरकोट जिल्लाको सिमाना शिवालय गाउँपालिका –१ को छेडाबजारमा क्यामेरा जडान गरिएको हो । शिवालय गाउँपालिकाको पाँच लाख लागतमा क्यामेरा जडान गरिएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार शाहीले बताएका छन् । जिल्लाको प्रमुख प्रवेशद्वारको रुपमा रहेको छेडा बजारमा विभिन्न अपराधिक घटनाहरू घटाइ जिल्ला बाहिरिने तथा […]

जाजरकोटमा चट्याङ लागेर एक जनाको मृत्यु

जाजरकोट। जाजरकोटको छेडागाड नगरपालिका-१२ बस्ने २७ वर्षीय गणेश बुढाको चट्याङ लागेर बिहीबार साँझ मृत्यु भएको छ। शिवालय गाउँपालिका-१ स्थित वडा कार्यालयको लागि काठ चिरेर सामान राख्नको लागि सोही ठाउँस्थित घुम्ती पसलमा जाने क्रममा चट्याङ लाग्दा उनको मृत्यु भएको हो। गृह मन्त्रालयकाअनुसार २०७८ साल सुरु भएयता चट्याङ लागेर १० जनाको मृत्यु भइसकेको छ।

माटोको ढिस्कोले पुरिएर महिलाको मृत्यु

२६ माघ, जाजरकोट । जाजरकोटमा माटोको ढिस्कोले पुरिएक एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवालय गाउँपालिका-९ नाहडा बस्ने ४६ वर्षीया बिरमा बुढा रहेकी छन् । शिवालय गाउँपालिका-९ चेताह बगरस्थित सडकमा जाली भर्ने क्रममा माटोको ढिस्कोले पुरिँदा सोमबार दिउँसो उनको मृत्यु भएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

माटोको ढिस्कोले पुरिएर एक मजदुरको मृत्यु

जाजरकोटस्थित शिवालय गाउँपालिका–९, छेडा बजारदेखि थलह जोड्ने सडकखण्ड अन्तर्गत चेताह बगरमा सडक निर्माण गर्दै गर्दा माटोको ढिस्कोले पुरिएर एकजना मजदुरको मृत्यु भएको छ। उक्त वडाको नाहाडाका ४६ वर्षीय बिरमा बुढाको मृत्यु भएको हो।...