जाजरकोट : शिवालय गाउँपालिका–४ की ७० वर्षीय देउमती बुढाले गाउँपालिकाको प्रशासकीय केन्द्र ऐरेलीबाट नागरिकता पाइन्। नागरिकता नभएकाले सामाजिक सेवा भत्ताबाट बञ्चित उनले नागरिकताको प्रमाणपत्र पाएपछि अब वृद्धाभत्ता पाउने बताइइन्।
‘अब वृद्धाभत्ता पाउने भएँ,’ उनले भनिन्, ‘भोट नै हाल्न नपाई मरिन्छ कि जस्तो ...