जापान र चीनका विदेश मन्त्रीले बिहीबार दुई देशबीचको सम्बन्ध सुधार्न सबै स्तरमा वार्ता गर्न सहमत भएका छन् । जापान सरकारका अनुसार तनावपूर्ण द्विपक्षीय सम्बन्धलाई कसरी सुधार्नेबारे खोजी गरिरहेका छन् । जापानका परराष्ट्रमन्त्री योशिमासा हायाशीले आफ्ना चिनियाँ समकक्षी किन ग्याङसँग ५० मिनेटको फोन वार्तामा जापान नजिक चिनियाँ सैन्य गतिविधिको तीव्रताप्रति गम्भीर चिन्ता व्यक्त गर्दै बेइजिङको बारेमा …