काठमाडौँ । खानेपानी मन्त्रालयका सचिव माधव बेलवासेले निजामती सेवाबाट अनिवार्य अवकाश भएका छन् । जेठ १३ गतेसम्म ३३ वर्ष ३ महिना २० दिन सेवा गरेका सचिव बेलवासे खानेपानी मन्त्रालयबाट बिदा भएका हुन् । उनले करिब २१ महिना खानेपानी मन्त्रालयमा काम गरे । केही समय अघि मात्रै सरकारले बेलवासेलाई लोक सेवा आयोगको सदस्यमा सिफारिस गरेको थियो […]