लमजुङ केन्द्रविन्दु भएर ३ दशमलव ६ म्याग्नेच्युटको भूकम्प

काठमाडौं, मंसिर २७ । लमजुङ केन्द्रविन्दु भएर भूकम्पको धक्का महसुस भएको छ । सोमबार बिहान ४ बजेर ३६ मिनेट जाँदा लमजुङको मर्स्याङ्दी गाउँपालिका ६ बाहुनडाँडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ३ दशमलव ६ म्याग्नेच्युटको उक्त कम्पन्न १२ वैशाख २०७२ कै रहेको जनाईएको छ । भूकम्पको धक्का […]

सम्बन्धित सामग्री

लमजुङमा भूकम्प जाने क्रम जारी, गएराति पनि धक्का महसुश

गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङमा पुनः भूकम्प गएको छ । गए राति २ बजेर २२ मिनेट जाँदा बेँसीसहर नगरपालिका–१०  बाँझखेत केन्द्रविन्दु बनाएर तीन दशमलव दुई रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।अनुसन्धान केन्द्रका अनुसार लमजुङ भूकम्पको जोखिम रहेको र यहाँ भूकम्प जाने क्रम चलिरहनेछ । गए राति भूकम्प जाँदा अधिकांश मानिस  निद्रामा भएका बेला भूकम्पले उठाएको थियो । यस भूकम्पको धक्का जिल्लाभरिका स्थानीयवासीले महसुस गरेको बताइएको छ । जिल्लाम

लमजुङ केन्द्रविन्दु भएर गयो भूकम्प

काठमाडौं । लमजुङमा भूकम्पको धक्का महसुस भएको छ । जिल्लाको क्व्होलासोथर गाउँपालिका–१ बागलुङपानी केन्द्रविन्दु बनाएर गएराति १०ः३४ बजे २ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको हो । रातिको समय भइसकेकाले अधिकांश त्यहाँका मानिसहरु सुतिसकेको अवस्थामा भूकम्प आएको हो । भूकम्प २ दशमलव ५ रेक्टर स्केलको भएकाले कतिपय मानिसले […]

लमजुङमा भूकम्प

लमजुङ – जिल्लामा बिहीबार राति साढे १० बजे भूकम्प गएको छ । लमजुङको क्व्होलासोथर गाउँपालिका–१ बागलुङपानी केन्द्रविन्दु बनाएर २ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । रातीको समयमा सानो म्याग्निच्युडको भूकम्पले धेरैले महसुस गर्न नसकेको केन्द्रले जनाएको छ ।

लमजुङ केन्द्र भएर ३.६ म्याग्नेच्युटको भुकम्प

लमजुङ केन्द्र भएर ३.६ म्याग्नेच्युटको भुकम्प गएको छ । सोमबार बिहान ४ बजेर ३६ मिनेट जाँदा लमजुङको मर्स्याङ्दी गाउँपालिका ६ बाहुनडाँडा आसपास केन्द्रविन्दु भएर ३ दशमलव ६ म्याग्नेच्युटको भूकम्प गएको...

पोखरामा भूकम्पको धक्का

पोखरामा भूकम्पको धक्का महसूस गरिएको छ । सोमबार साँझ करिब ८ः ३० बजेर लमजुङको मर्स्याङ्दी गाउँपालिका ३ खुदी आसपास केन्द्रविन्दु बनाएर ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्प करिब पाँच सेकेन्ड गएको थियो । लमजुङ केन्द्र विन्दू बनाएर भूकम्प जाँदा गण्डकी प्रदेशका कास्की, स्याङजा, तनहुँ र गोरखा लगायतका जिल्लाहरुमा धक्का महसुस भएको छ ।

लमजुङ भूकम्प- आधा दर्जन घाइते, दुईसय घरमा क्षति

लमजुङको मस्र्याङ्दी गाउँपालिकास्थित भुलभुले केन्द्रविन्दु बनाएर बुधबार बिहान ५ दशमलव ८ रेक्टरको भूकम्पले घर भत्किदा जिल्लाका छ जना घाइते भएका छन् । त्यस्तै २०० घरमा क्षति पुगेको छ । घाइते हुनेहरूमा बेँसीशहर नगरपालिका¬६ का ३६ वर्षीय उमा गुरुङ, वडा नं. ११ चितीका ८३ वर्षीय खकाकुमारी पाण्डे र वडा नं. ८ का २९ वर्षीय खुशीमाया गुरुङ …

लमजुङ केन्द्रविन्दु भएर ५.८ रेक्टर स्केलको भूकम्प, काठमाडौंसम्मै धक्का

लमजुङ जिल्ला केन्द्रविन्दु भएर बुधवार बिहान भूकम्प गएको छ । बुधवार बिहान ५ः४२ बजे लमजुङको भुलभुलेमा केन्द्रविन्दु भएर ५.८ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का राजधानी काठमाडौंसम्म महसूस भएको थियो । लमजुङका छिमेकी जिल्ला तनहुँ, गोरखा, कास्कीमा समेत धक्का महसुस गरिएको छ । यसअघि वैशाख १५ गते कलंकी केन्द्रविन्दु भएर ३.५ रेक्टर स्केलको भूकम्पको धक्का महसूस गरिएको थियो ।