लमजुङ भूकम्प : भत्किएका घर निर्माण चाँडै सुरु गर्ने गण्डकी प्रदेश सरकारकाे प्रतिबद्धता

लमजुङ – लमजुङमा भूकम्पका कारण दुई सयभन्दा बढी घरमा क्षति पुगेको छ । लमजुङको मर्स्याङ्दी गाउँपालिकाकाे खुदी भुलभुले आसपास केन्द्रविन्दु भएर हिजो (बुधवार) बिहान ५:४२ मा गएको भूकम्पका साथै त्यसपछिका परकम्पका कारण दुई सय ६५ घरमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक (इन्स्पेक्टर) जगदीश रेग्मीले जानकारी दिनुभयो । ‘दुई सय ६५ घरमा बस्नै नमिल्ने गरी क्षति पुगेको विवरण प्राप्त भएको छ । घरहरू चर्किएका, भत्किएका छन् । परकम्प आइरहेकाले ती घर बस्नका लागि जोखिम रहेका छन्’, प्रहरी...