लमजुङमा भूकम्प जाने क्रम जारी, गएराति पनि धक्का महसुश

गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङमा पुनः भूकम्प गएको छ । गए राति २ बजेर २२ मिनेट जाँदा बेँसीसहर नगरपालिका–१०  बाँझखेत केन्द्रविन्दु बनाएर तीन दशमलव दुई रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।अनुसन्धान केन्द्रका अनुसार लमजुङ भूकम्पको जोखिम रहेको र यहाँ भूकम्प जाने क्रम चलिरहनेछ । गए राति भूकम्प जाँदा अधिकांश मानिस  निद्रामा भएका बेला भूकम्पले उठाएको थियो । यस भूकम्पको धक्का जिल्लाभरिका स्थानीयवासीले महसुस गरेको बताइएको छ । जिल्लाम

सम्बन्धित सामग्री

बाजुराको जुगाडा केन्द्रविन्दु भएर भूकम्प

बाजुरा जिल्लाको जुगाडा केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार सोमबार साँझ चार बजेर ५७ मिनेट जाँदा बाजुराको जुगाडा आसपास केन्द्रविन्दु भएर चार दशमलव तीन रेक्टरस्केलको भूकम्प गएको हो । पछिल्लो समय नेपालको पश्चिमी क्षेत्रमा भूकम्प जाने क्रम जारी छ । नेपालको हिमालय क्षेत्रलाई भूकम्पको जोखिमको क्षेत्रका रुपमा …

भूकम्प प्रभावितको राहतमा जुटे सेलिब्रिटी

काठमाडौं । जाजरकोट भूकम्प पीडितलाई कलाकारको तर्फबाट सहयोगी हात प्राप्त हुने क्रम जारी छ । फिल्म र संगीत क्षेत्रका सेलिब्रिटीले गच्छेअनुसार सहयोग घोषणा गरिरहेका छन् । ‘प्रेमगीत’जस्ता सफल व्यावसायिक फिल्म निर्माता कम्पनी आशुसेन फिल्म्सले आइतबार प्रधानमन्त्री राहत कोषमा ६१ हजार ५ सय रुपैयाँ जम्मा गरेको छ । निर्माता सन्तोष सेनले चाँडै फिल्मको एक टोली प्रभावित […]

बझाङमा भूकम्प जाने क्रम जारी, चार रेक्टर स्केलमाथिका ११ भूकम्प

सुदूरपश्चिम प्रदेशको बझाङका विभिन्न ठाउँ केन्द्रबिन्दु भएर भूकम्प र परकम्प जाने क्रम जारी छ ।

बझाङमा भूकम्प जाने क्रम जारी, चार रेक्टर स्केलमाथिका ११ भूकम्प गयो - NepaliPatra

काठमाडौँ । सुदूरपश्चिम प्रदेशको बझाङका विभिन्न ठाउँ केन्द्रविन्दु भएर भूकम्प र परकम्प जाने क्रम जारी रहेको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार मङ्गलबार अपराह्न २ः४० बजे बझाङको तालकोट केन्द्रविन्दू भएर पाँच दशमलव तीन रेक्टर स्केलको भूकम्प गएको थियो । खानी तथा भूगर्भ विभागका अनुसार बझाङका विभिन्न ठाउँ केन्द्रविन्दु भएर मङ्गलबारदेखि आज […]

पश्चिम नेपालमा ठूलो भूकम्प जाने पूर्वानुमान

काठमाडौं, वैशाख १७ । पश्चिम नेपालमा निरन्तरको भूकम्पले जनजीवन प्रभावित बन्न थालेको छ। डोटी, बाजुरा, अछाम, बझाङ, लमजुङलगायतका क्षेत्रमा भूकम्प दोहोरिन थालेका छन्। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गोरखादेखि भारतको देहरादुनसम्मको भूभागमुनि थुप्रिएको भूकम्पको ठूलो शक्ति एकीकृत भएर बसेको छ। यस्तो अवस्थामा सानादेखि मध्यमस्तरका भूकम्पको धक्का जाने क्रम जारी रहन्छ। तर पटकपटकको धक्काले […]

सञ्चित हुँदै भूकम्पीय शक्ति, उपत्यकामा ठूलो भूकम्प जाने खतरा

काठमाडौं, माघ १। जमिनमुनि शक्ति सञ्चय हुनेक्रम बढेसँगै उपत्यकामा ठूलो भूकम्प जाने खतरा पनि बढेको छ । २०७२ सालको गोरखा भूकम्पका क्रममा जमिनमुनि उत्पन्न सबै शक्ति बाहिर नगई काठमाडौंको जमिनमुनि आएर अड्किएपछि शक्ति सञ्चयको क्रम जारी रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । २०७२ सालको भूकम्पका क्रममा युरासियन भौगर्भिक प्लेट सर्दा उत्पन्न भएको ऊर्जा […]

खोटाङ भूकम्प : इपिसेन्टरमै क्षतिको सूचना छैन

१५ साउन, काठमाडौं । खोटाङ केन्द्रविन्दु भएर ६ म्याग्निच्युडको भूकम्प गए पनि अहिलेसम्म क्षतिको विवरण नआएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार क्षति पुगे/नपुगेकोबारे बुझ्ने क्रम जारी रहे पनि अहिलेसम्म त्यस्तो कुनै विवरण प्राप्त भएको छैन । प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईले पनि हालसम्म क्षतिको विवरण नआएको बताए । उनका अनुसार कतैबाट सूचना […]

भुलभुले केन्द्रविन्दु भएर साना भूकम्प जाने क्रम जारी

काठमाडौं । लमजुङको भुलभुले केन्द्रविन्दु भएर गएको भूकम्पपछि नेपालमा साना भूकम्प जाने क्रम जारी रहेको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार यही जेठ ५ गते बिहान भुलभुले केन्द्रविन्दु भएर गएको ५.८ रेक्टरस्केलको भूकम्पपछि नेपालमा साना भूकम्प जाने क्रम जारी रहेको छ । केन्द्रका भूकम्पविद् भरत कोइरालाले लमजुङको भुलभुले केन्द्रविन्दु भएर गएको […]

लमजुङको भूकम्पपछि साना भूकम्प जाने क्रम जारी - Nepal Japan

लमजुङको भुलभुले केन्द्रविन्दु भएर गएको भूकम्पपछि नेपालमा साना भूकम्प जाने क्रम जारी रहेको छ । राष्ट्

अर्जेन्टिनामा ६.४ म्याग्निच्युडको भूकम्प

६ माघ, काठमाडौं । अर्जेन्टिनाको पश्चिमी प्रान्त सान जुआनमा सोमबार राति ६.४ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पसँगै अहिले अर्जेन्टिनामा त्यसको पराकम्पन जाने क्रम जारी छ । पहिलो भूकम्प गएको २० मिनेटपछि ५ म्याग्निच्युडको अर्को पराकम्पन गएको थियो । यो भूकम्पको विषयमा विस्तृत जानकारी आउन बाँकी भए पनि अहिलेसम्म भूकम्पको कारण सुनामीको चेतावनी भने दिइएको छैन […]