हेटौंडा : बागमती प्रदेशका ८ मन्त्रालय विभाजन भएर १४ वटा बनेको दुई महिना हुन लाग्यो। ती मन्त्रालय चलाउन १८ जना मन्त्री बनेका छन्। मन्त्रालय चलाउन जम्बो मन्त्रिपरिषद् बने पनि विभाजित मन्त्रालय र मन्त्रीहरू कामविहीन अवस्थामा छन्। बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले गत मंसिर १५ गते प्रदेश सरकारको काम प्रभावकारी बनाउन भन्दै ८ वटा मन्त्रालय फुटाएर १४ पुर्याएका थिए।सरकारको कामलाई छिटो, छरितो, सहज र प्रभावकारी बनाउने भन्दै विभाजन भएको मन्त्रालयले हालसम्म न बजेट पाएको छ न योजन