काठमाडौं।आफ्ना नागरिकलाई अपुग हुँदाहुँदै अन्य देशलाई भ्याक्सिन दिएको भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चर्को आलोचना भएको छ।आजतक टेलिभिजनमा आप र कंग्रेस पार्टीका प्रवक्ताले विरोध गरेका हुन्। गरिब देशलाई मद्दत गर्नु उचित भए पनि सर्वप्रथम आफ्ना नागरिकलाई सुरक्षित बनाउने कामलाई बेवास्ता गरिनु दुर्भाग्यपूर्ण रहेको उनीहरुको भनाइ थियो। भारतले नेपाललगायत अन्य थुप्रै देशलाई ६ करोडभन्दा बढी डोज भ्याक्सिन सहयोग गरेको थियो।