काठमाण्डाै - पालिका चुनावको आचारसंहिता लागू हुनुअघि सरकारले विवादास्पद राजनीतिक नियुक्ति र निर्णय गरेको भन्दै चौतर्फी आलोचना भएको छ ।
सरकारले हिजो मात्रै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई पदमुक्त गर्ने प्रक्रिया सुरु गरेको खबर सार्वजनिक भएको छ । अस्ति बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले जाँचबुझ समिति गठन गरेसँगै गभर्नर अधिकारी स्वतः निलम्बनमा पर्नुुभएको छ ।
गभर्नर अधिकारीमाथि राष्ट्र बैंकका अति गोप्य सूचना चुहाएको, व्यवस्थापकीय जिम्मेवारी पूरा गर्न नसकेको र राष्ट्र बैंकको उद्देश्यअनुसार तोकिएका जिम्मेवारी पूर...