काठमाडौं उपत्यकामा निजी तथा सार्वजनिक सवारीसाधनमा जोरबिजोर प्रणाली लागू भएको छ । जोर गते जोर नम्बर र बिजोर गते बिजोर नम्बर प्लेटका सवारी सञ्चालन गर्न पाउने गरी गएरातिदेखि यो निगम लागू भएको हो ।
जसअनसार शनिबार जोर नम्बर प्लेटका सवारीसाधन सञ्चालन गर्न पाइन्छ । जोरबिजोर लागू भएपनि यद्यपि अत्यावश्यक सवारीसाधनको हकमा भने जोरबिजोर प्रणाली लागू हुनेछैन ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंका अनुसार स्वास्थ्य सामग्री बोकेका गाडी, एम्बुलेन्स, दमकल, शववाहन, ग्यास–पेट्रोलका गाडी, खाद्यान्न दुग्धजन्य, फलफूल, पानीलगायत कृषि तथा पशु...