ओली तेस्रोपटक प्रधानमन्त्री हुने पहिलो कम्युनिस्ट नेता

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तेस्रोपटक प्रधानमन्त्रीमा नियुक्त भएका छन्। यसरी तेस्रोपटक प्रधानमन्त्री हुने पहिलो कम्युनिस्ट नेता हुन्। ओली २०७२ अशोज २५ मा पहिलोपटक प्रधानमन्त्री बनेका थिए। यसपछि २०७४ साल फागुनमा दोस्रोपटक र अहिले तेस्रोपटक प्रधानमन्त्री नियुक्त भएका हुन्। यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दुईपटक प्रधानमन्त्री बनेका थिए।

सम्बन्धित सामग्री

कम्युनिस्ट एकताको पहल थालेका छौं : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले बृहत् कम्युनिस्ट एकताको पहल थालिएको बताएका छन्।

बलियो कम्युनिस्ट पार्टीको गफ

बलियो कम्युनिस्ट पार्टी बनाउने भन्दै अहिले कम्युनिस्ट पार्टीका केही नेताले एकखालको अभियानै सुरु गरेको अभिव्यक्ति दिन थालेका छन् । प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बलियो कम्युनिस्ट पार्टी बनाउने कुरालाई जोडतोडले उठाइरहेका छन् । नेत्रविक्रम चन्द विप्लवले पनि कम्युनिस्ट केन्द्र बनाउने कुरामा बेलाबेलामा हो मा हो मिलाउने गरेका […] The post बलियो कम्युनिस्ट पार्टीको गफ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुखद्वारा प्रधानमन्त्री देउवासँग भेट

काठमाण्डाै – चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियान छाओले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गर्नुभएको छ ।  प्रधानमन्त्री देउवालाई भेट्न छाओ बालुवाटार पुग्नुभएको हो । भेटमा द्विपक्षीय विविध विषयमा कुराकानी भइरहेको छ । प्रधानमन्त्री देउवासँगको भेटपछि छाओ परराष्ट्रमन्त्री डाक्टर नारायण खड्कालाई भेट्न सिंहदरबार जानुहुनेछ ।  चाओ चार दिने भ्रमणका लागि आज आइतवार बिहान काठमाण्डौ आउनुभएको हो । विदेश विभाग प्रमुख लिउ जियान छाओले राष्ट्रपति विद्यादेवी भण्डारी, अन्य दलका अध्यक्षलगायत ...

कम्युनिस्ट पार्टी विदेशीसँग झुक्दैन : अध्यक्ष नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले कम्युनिस्ट पार्टीहरू कहिल्यै विदेशीसामु लम्पसार नपर्ने बताएका छन् । आज (शुक्रबार) पार्टी केन्द्रीय कार्यालयमा बसेको पोलिटब्युरो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले कुनै पनि कम्युनिस्ट पार्टी विदेशीसामु झुक्न नसक्ने बताएका हुन् । कम्युनिस्ट पार्टी कहिल्यै विदेशीको इसारामा चल्न नसक्ने पनि उनको भनाइ थियो । […]

प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण रद्द गर्न नौ कम्युनिस्ट घटकले गरे माग

काठमाडाैँ- प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण रद्द गर्न नौवटा कम्युनिस्ट दलले माग गरेका छन्। नेकपा-क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’, नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लगयातले संयुक्त विज्ञप्ति जारी गर्दै अमेरिका भ्रमणको क्रममा प्रधानमन्त्री देउवबाट राष्ट्रघाती सम्झौताहरू हुनसक्ने भन्दै उनको भ्रमण रद्द गर्न माग गरेका हुन्। राष्ट्रको अहितमा कुनै प्रकारका सन्धि सम्झौतामा हस्ताक्षर नगर्न पनि माग […]

प्रचण्ड कम्युनिस्ट भए म कम्युनिस्ट होइन : केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कम्युनिस्ट भए आफु कम्युनिस्ट नहुने बताएका छन् । सोमबार प्रोग्रेसिभ इन्जिनियरिङ एसोसिएसनको सम्मेलनलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले मानिसहरुले वामपन्थी भनेको प्रचण्ड नै सम्झने गरेको पनि बताए ।‘नबुझेर मान्छेहरुले म त वामपन्थी हुन सक्दिन भन्छन् । वामपन्थी भनेको उसले बुझेकै छैन’, अध्यक्ष ओलीले भने, ‘अलिकति के भो भने वामपन्थी भनेको मान्छेहरुले प्रचण्ड सम्झन्छन् । अनि कसरी

‘प्रचण्ड–माधव समूह कम्युनिस्ट आन्दोलनका सबैभन्दा ठूला विरोधी’

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिस्ट आन्दोलनका सबैभन्दा ठूला विरोधी प्रचण्ड–माधव समूह भएको बताउनुभएको छ । बिहीवार काठमाण्डौमा आयोजित अखिल नेपाल किसान महासङ्घको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कम्युनिस्टकै खोल ओढेर कम्युनिस्ट आन्दोलनको विरोध गर्ने समूहले विगतमा पनि कम्युनिस्ट आन्दोलनलाई पटक–पटक बदनाम गर्ने काम गरेको दाबी गर्नुभयो ।  उहाँले भन्नुभयो, ‘मान्छे बिग्रियो भने कहाँ पुग्छ ? आज कम्युनिस्ट आन्दोलनको सबैभन्दा ठूलो विरोधी को छ भने कम्युनिस्टकै बर्को...