काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिस्ट आन्दोलनका सबैभन्दा ठूला विरोधी प्रचण्ड–माधव समूह भएको बताउनुभएको छ ।
बिहीवार काठमाण्डौमा आयोजित अखिल नेपाल किसान महासङ्घको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कम्युनिस्टकै खोल ओढेर कम्युनिस्ट आन्दोलनको विरोध गर्ने समूहले विगतमा पनि कम्युनिस्ट आन्दोलनलाई पटक–पटक बदनाम गर्ने काम गरेको दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘मान्छे बिग्रियो भने कहाँ पुग्छ ? आज कम्युनिस्ट आन्दोलनको सबैभन्दा ठूलो विरोधी को छ भने कम्युनिस्टकै बर्को...