बाँकेमा कोरोना संक्रमितको उपचारका लागि सरकारले भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेजलाई तोकेको छ । मेडिकल कलेजले अक्सिजन अभावको कारण देखाउँदै एकसाता अघिदेखि अस्पतालमा पुग्ने सबै संक्रमितलाई एकैपटक भर्ना गर्न रोकेको छ । अक्सिजन अभावकै कारण ३ सय बेड क्षमताको मेडिकल कलेजको कोभिड वार्ड समेत अलपत्र छ ।