बाँके – भेरी अस्पताल परिसर नेपालगञ्जबाट पाँच जना बिचौलिया पक्राउ परेका छन् । भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले सर्वसाधारणलाई अनावश्यक दुःख दिने व्यक्तिहरूलाई पक्राउ गर्ने अभियान चलाइएको जानकारी दिनुभयो । पक्राउका समयमा अध्यक्ष धिताल, सदस्य कृष्णप्रसाद श्रेष्ठ, अन्य चिकित्सक प्रत्यक्ष सहभागी हुनुभएको थियो ।
अस्पतालमा आएका बिरामीलाई आफू अनुकूलको मेडिकलबाट औषधि किन्न र परीक्षण गर्न लगाउने बिचौलियालाई प्रहरीले नियन्त्रणमा लिएको हो । बाँके प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) मधुसूदन न्यौपानेले बिरा...