बाँकेको भेरी अस्पतालमा बिहीबार राति स्वास्थ्यकर्मीमाथि भएको हातपातमा संलग्नमाथि कडा कारबाही गर्न भेरी अस्पताल विकास समितिले माग गरेको छ।समितिले अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई विगतझैं उच्च मनोबलका साथ आआफनो जिम्मेवारीमा फर्कन अपिलसमेत गरेको छ।अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धिताल, सदस्य सचिव तथा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश थापा, सदस्य धनीराम वली, कृष्णप्रसाद श्रेष्ठ र सरस्वती मल्लले शुक्रबार विज्ञप्ति जारी गरी कानुनी करबाहीका लागि प्रक्रिया