बाँकेको नेपालगञ्ज उपमहानगरपालिका घर भएका डा. चन्द्रप्रकाश साहुले आफ्नो अध्ययन सकेपछि नजिकै रहेको भेरी अस्पतालमा सेवा गर्ने मनसाय बनाए । उनले कोरोना महामारीकै बेला अस्पतालमा सेवा सुरु गरे । घर नजिकैको अस्पतालमा करारमा नियुक्त भएर स्थानीयवासीलाई उपचार गर्न पाउँदा उनी खुसी नै थिए । कोरोनाले विभिन्न चिकित्सकको समेत मृत्यु भएको छ तर यो कठिन अवस्थामा पनि उनले मन खोलेर बिरामीको सेवा गर्दै आएका थिए ।करारमा सेवा आरम्भ गरेको एक वर्ष नपुग्दै उनले हजारौं बिरामीको उपचार गरे । यो अवधिमा उनले भेरी अस्पताल