हाल तनाबग्रस्त रहेको युक्रेनका लागि नेपाली गैरआवासीय राजदूत रामकाजी खड्काले युक्रेनमा नेपालीहरु सुरक्षित रहेको र तत्कालै उद्दार गर्नुपर्ने अवस्था नभएको बताएका छन् । युक्रेनको समेत जिम्मेबारी पाएका जर्मनीका लागि आवासीय...
जनवादी गणतन्त्र चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले चीनको परराष्ट्र मामिलाका शिष्टाचार महापाल होङ लेई समक्ष ओहोदाको प्रमाणपत्रको प्रतिलिपि पेश गरेका छन्।...
कतारका लागि नवनियुक्त नेपाली राजदूत डा. नरेश विक्रम ढकालले कार्यभार सम्हाले छन्। उनले बुधवार अपरान्ह नेपाली राजदूतावास दोहामा कार्यभार सम्हाले हुन्। राजदूतावास दोहामा आयोजित कार्यक्रममा राजदूत ढकाललाई कूटनीतिक तथा स्थानीय कर्मचारीहरुले स्वागत गरेका थिए।उक्त अवसरमा राजदूतावासको तर्फबाट नियोग उपप्रमुख लक्ष्मण खनालले राजदूतावासको सेवा प्रवाह र नेपाल-कतार द्विपक्षीय सम्बन्ध बारे जानकारी गराएका थिए। राजदूत ढकालले उपस्थित कूटनीतिक तथा स्थानीय कर्मचारीहरुलाई स्वागतका लागि धन्यवाद व्यक्त गर्दै
काठमाण्डाै – अस्ट्रेलिया र इजरायलका लागि नेपाली राजदूत नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आज आइतवार दुई देशका लागि नेपाली राजदूत नियुक्त गर्नुभएकाे हाे ।
राष्ट्रपति भण्डारीले कैलाशराज पोखरेललाई अस्ट्रेलिया र कान्ता रिजाललाई इजरायलका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गर्नुभएको हाे ।
उहाँले संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उहाँहरूलाई नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयले निकालेकाे विज्ञप्तिमा जनाइएको छ ।
काठमाडौँ । अमेरिकाका लागि नेपाली राजदूत प्रा. श्रीधर खत्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार राष्ट्रपति भवन शीतल निवासमा एक समारोहका साथ खत्रीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ दिलाएकी हुन् ।
सरकारले अमेरिकाका लागि नेपाली राजदूत युवराज खतिवडा, भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्य र बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी सहित विगतको केपी शर्मा ओली सरकारले नियुक्त गरेका १० राजदूतलाई फिर्ता बोलाउने भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले ओली सरकारले राजनीतिक कोटामा पठाएका १० राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो । चीनका लागि नेपाली […]
काठमाडौं। सरकारले अष्ट्रेलियाका लागि नेपाली राजदूत महेश दाहाललाई दुई वर्ष कार्यकाल बाँकी रहँदै फिर्ता बोलाएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई फिर्ता बोलाउने निर्णय गरेको हो। दाहाल नेकपा (माओवादी केन्द्र)को कोटामा राजदूत भएका हुन्। यस्तै, सरकारले ओमानका लागि नेपाली राजदूत शर्मिला ढकाल पराजुली र जापानका लागि नेपाली राजदूत प्रतिभा राणालाई अर्को निर्णय नहुन्जेलसम्म राजदूतको जिम्मेवारी सम्हाल्न भनेको छ।
बेलायतका लागि नवनियुक्त नेपाली राजदूत लोकदर्शन रेग्मीले सोमवारदेखि आफ्नो पदबहाली गरेका छन् ।
हालै ४ वर्षे कार्यकाल सकेर नेपाल फर्केका निवर्तमान राजदूत दुर्गाबहादुर सुवेदीका ठाउँमा आएका रेग्मी संयुक्त अधिराज्यका लागि २१ औं राजदूत हुन् ।
रेग्मी सन् १९९५ मा शाखा अधिकृतका रूपमा निजामती सेवामा प्रवेश गरी सन् २००२ मा वन मन्त्रालयमा उपसचिव, सन् २००६ मा अर्थ मन्त्रालयमा सहसचिव, सन् २०१४ मा भूमिसुधार मन्त्रालयमा सचिव र सन् २०१७ मा मुख्यसचिव भएका थिए ।
सोमवार मात्र लण्डन आइपुगेका रेग्मीले सोही दिन नै कार्यभार सम्हालेका हुन् ।
...