काठमाडौँ,२६ मँसिर । जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काले शुक्रबार पोल्यान्डको राजधानी वार्सामा कन्सुलर अफिसको उद्घाटनपश्चात् सम्बोधन गर्दै । नेपाल सरकारद्वारा हालै पोल्यान्डका लागि अवैतनिक वाणिज्यदूत नियुक्त गरिएका डा। बोधराज सुवेदीको पहलमा उक्त अफिस स्थापना गरिएको हो । करिब ६३ वर्ष लामो कूटनैतिक, राजनीतिक र सांस्कृतिक सम्बन्ध रहेको पोल्यान्डमा नेपालको इतिहासमा पहिलोपटक नेपालतर्फबाट अवैतनिक वाणिज्यदूत […]
जनवादी गणतन्त्र चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले चीनको परराष्ट्र मामिलाका शिष्टाचार महापाल होङ लेई समक्ष ओहोदाको प्रमाणपत्रको प्रतिलिपि पेश गरेका छन्।...
काठमाण्डाै – अस्ट्रेलिया र इजरायलका लागि नेपाली राजदूत नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आज आइतवार दुई देशका लागि नेपाली राजदूत नियुक्त गर्नुभएकाे हाे ।
राष्ट्रपति भण्डारीले कैलाशराज पोखरेललाई अस्ट्रेलिया र कान्ता रिजाललाई इजरायलका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गर्नुभएको हाे ।
उहाँले संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उहाँहरूलाई नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयले निकालेकाे विज्ञप्तिमा जनाइएको छ ।
काठमाडौँ । अमेरिकाका लागि नेपाली राजदूत प्रा. श्रीधर खत्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार राष्ट्रपति भवन शीतल निवासमा एक समारोहका साथ खत्रीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ दिलाएकी हुन् ।
सरकारले अमेरिकाका लागि नेपाली राजदूत युवराज खतिवडा, भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्य र बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी सहित विगतको केपी शर्मा ओली सरकारले नियुक्त गरेका १० राजदूतलाई फिर्ता बोलाउने भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले ओली सरकारले राजनीतिक कोटामा पठाएका १० राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो । चीनका लागि नेपाली […]
४ असार, काठमाडौं । भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएसँगै राजनीतिले पुनः बाटो पहिल्याएको बताएका छन् । सामाजिक सन्जाल टवीटर मार्फत आचार्यले सो धारणा व्यक्त गरेका हुन् । उनले अब कोरोनाकालका जीवन र जीविकाका समस्या सम्बोधनमा पूर्ण ध्यान केन्द्रित गर्न सकिने स्थिति बनेको टिप्पणी गरेका छन् । यस अगाडि […]
पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले मंगलवार पाकिस्तानी संसदको परराष्ट्र मामिला समिति सभापति शेरी रेहमानसँग भेटवार्ता गरेका छन् । पाकिस्तानका परराष्ट्रमन्त्री, अर्थमन्त्रीसहित उच्च राजनीतिक तहमा भेटवार्ता गर्दै आएका राजदूत अधिकारीले...
काठमाडौं। सरकारले अष्ट्रेलियाका लागि नेपाली राजदूत महेश दाहाललाई दुई वर्ष कार्यकाल बाँकी रहँदै फिर्ता बोलाएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई फिर्ता बोलाउने निर्णय गरेको हो। दाहाल नेकपा (माओवादी केन्द्र)को कोटामा राजदूत भएका हुन्। यस्तै, सरकारले ओमानका लागि नेपाली राजदूत शर्मिला ढकाल पराजुली र जापानका लागि नेपाली राजदूत प्रतिभा राणालाई अर्को निर्णय नहुन्जेलसम्म राजदूतको जिम्मेवारी सम्हाल्न भनेको छ।