प्रधानमन्त्रीले झुटो बोले– ‘निर्वाचन आयोगले नेकपा प्रचण्ड-माधव पक्षको निवेदन फिर्ता पठाएको छैन’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगले प्रचण्ड माधव पक्षले आयोगमा दिएको निवेदन फिर्ता गरेको भन्ने अभिब्यक्ति निर्वाचन आयोगले खण्डन गरेको छ ।  प्रवासी नेपाली मञ्चका कार्यकर्तालाई शुक्रबार भर्चुअल माध्यमबाट सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले निर्वाचन आयोगले प्रचण्ड नेपाल पक्षको निवेदन रित नपुगेको भनेर हिजो फिर्ता पठाएको बताएका  थिए ।आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निवेदन फिर्ता नभएको बताए । रातोपाटीसँग कुरा गर्दै उनले भने– ‘कसले भन्यो आयोगमा आएको

सम्बन्धित सामग्री

निर्वाचन आयोगले एमाले सचिव योगेश भट्टराईलाई सोध्यो स्पष्टीकरण

निर्वाचन आयोगले नेकपा एमालेका सचिव तथा ताप्लेजुङका प्रतिनिधिसभा उम्मेदवार योगेश भट्टराईलाई स्पष्टीकरण सोधेको छ ।

निर्वाचन आयोगले ऐन महरलाई सोध्यो- ४१ हजार नगद वितरण गरेको हो ?

निर्वाचन आयोगले नेकपा एमाले बझाङका उम्मेदवार ऐन महरलाई स्पष्टीकरण सोधेको छ ।

निर्वाचन आयोगले प्रतिनिधिसभाको कार्यकाल तोक्नु उचित होइन : विशाल भट्टराई

२८ भदौ, काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले निर्वाचन आयोगले प्रतिनिधिसभाको कार्यकाल तोक्नु उचित नभएको बताएका छन् । मंगलबार प्रतिनिधिसभाको संसदीय सुनुवाइ समितिको बैठक पछि बोल्दै प्रमुख सचेतक भट्टराईले भने, ‘निर्वाचन आयोगले हाम्रो कार्यकाल तोक्ने कुरा उचित होइन ।’ उनले प्रतिनिधिसभाको कार्यकालबारे सरकारले विधेयक ल्याउने तयारी गरे पनि विरोधपछि त्यो पनि झन अन्योल […]

संसद सचिवालयलाई निर्वाचन आयोगले दियो नेकपा एस र लोसपाका सांसदहरुबारे जानकारी

काठमाडौँ– नेकपा एमाले विभाजन गरेर बनेको नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी विभाजन गरेर बनेको लोकतान्त्रिक समाजवादी पार्टीका सांसदबाट निर्वाचन आयोगले संसद सचिवलयलाई जानकारी दिएको छ । निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले निर्वाचन आयोगका दुई नयाँ दलले मान्यता पाएको विषयमा संसद सचिवलायलाई जानकारी दिइएको बताए । उनले खबरहबसँग भने, ‘एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी […]

निर्वाचन आयोगले भन्यो प्रचण्डवाला माओवादी केन्द्र वैधानिक

काठमाडौं :  निर्वाचन आयोगले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र वैधानिक रहेको ठहर गरेको छ। आइतबार बसेको आयोगको बैठकले दर्ता भएका निवेदन र दाबी दुवैलाई खारेज गरी वैधानिक रहेको ठहर गरेको हो।आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले थाहाखबरसँग भने, ‘दर्ता भएको निवेदन आजको बैठकले खारेज गरेर प्रचण्ड नेतृत्‍वको माओवादी केन्द्रलाई वैधानिक रहेको निर्णय गरेको छ' उनले अगाडि थपे, 'ऐन कानुनलाई टेकेर निर्वाचन आयोगले यस्तो निर्णय गरेको हो।’नेकपा माओवादी केन्द्रको कारबा

नेकपा ओली पक्षसँग निर्वाचन आयोगले भन्यो– चुनावका लागि ८४ दिन पर्याप्त

निर्वाचन आयोगले चुनाव तयारीका लागि ८४ दिन पर्याप्त हुने भन्दै तोकिएको मिति अर्थात् वैशाख १७ र २७ गते प्रतिनिधि सभा चुनाव गर्न तयार रहेको बताएको छ । प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय नेकपा नेताहरूसँगको छलफलमा आयोग पदाधिकारीहरूले ८४ दिनमा चुनाव गर्न सकिने बताएको स्थायी कमिटी सदस्य सुवास नेम्वाङले जानकारी दिए ।  ‘हामीले तदारुकताका साथ चुनावको तयारीमा लाग्न भन्यौं, आयोगले ८४ दिन भए पुग्छ, आजको मितिले ९१ दिन बाँकी छ भनेर भन्यो,’ आयोग सँगको छलफलपछि संविधान सभाका पूर्वअध्यक्ष समेत रहेका नेता नेम्वाङ...

निर्वाचन आयोगले नेकपा विभाजनलाई दिएन मान्यता

काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का दुबै समूहको मागदावीलाई अस्वीकार गरेको छ । आइतबार बसेको आयोगको बैठकले दुबैको मागदाबी नपुगेको निष्कर्षसहित नेकपा विभाजनले मान्यता नपाउने निर्णय गरेको  हो ।नेकपाको प्रचण्ड माधव नेपाल र केपी ओली पक्षले गरेका निर्णयलाई मान्यता नदिने निर्णय आयोगको छ ।दुबै समूहले विवरण संशोधन गर्न गरेको दाबी विधान सम्मत देखिएको आयोगले ठहर पनि गरेको छ  ।प्रचण्ड माधव समूहले केपी शर्मा ओलीलाई पार्टी अध्यक्षबाट हटाएर माधवकुमार नेपाललाई अध्यक्ष बनाएको छ ।

नेकपा विवाद : निर्वाचन आयोगले संशोधन गर्यो आफ्नो नियमावली

काठमान्डाैं / नेकपा विवादमा प्रवेश गर्न आफैले बनाएको नियम बाधक हुने देखिएपछि निर्वाचन आयोगले त्यसलाई संशोधन गरेको छ । राजनीतिक दलसम्बन्धी नियमावलीमा रहेको निर्वाचन अवधिभर राजनीतिक दलसम्बन्धी विवादमा कुनै कारवाही नगरिने व्यवस्थालाई आयोगले हटाएको छ । निर्वाचन आयोग ऐनले निर्वाचन हुने मितिभन्दा १२० दिन अगाडिदेखि अन्तिम परिणाम सार्वजनिक नभएसम्मको समयलाई निर्वाचनको अवधि मानेको छ ।... The post नेकपा विवाद : निर्वाचन आयोगले संशोधन गर्यो आफ्नो नियमावली appeared first on Purbeli News.

नेकपा विवाद : निर्वाचन आयोगले संशोधन गर्यो आफ्नो नियमावली

नेकपा विवादमा प्रवेश गर्न आफैले बनाएको नियम बाधक हुने देखिएपछि निर्वाचन आयोगले त्यसलाई संशोधन गरेको छ । राजनीतिक दलसम्बन्धी नियमावलीमा रहेको निर्वाचन अवधिभर राजनीतिक दलसम्बन्धी विवादमा कुनै कारवाही नगरिने व्यवस्थालाई आयोगले हटाएको छ ।निर्वाचन आयोग ऐनले निर्वाचन हुने मितिभन्दा १२० दिन अगाडिदेखि अन्तिम परिणाम सार्वजनिक नभएसम्मको समयलाई निर्वाचनको अवधि मानेको छ । त्यसअनुसार वैशाख १७ गते हुने मतदानका लागि पुस २० गतेबाट निर्वाचन अवधि सुरु भइसकेको छ ।राजनीतिक दलसम्बन्धी नियमावलीको नियम २३ (६) मा