नेकपा एमाले छाडेर नेकपा एकीकृत समाजवादी पार्टीका पक्षमा प्रदेश २ प्रदेशसभाका १३ सांसदले गरेको सनाखतलाई निर्वाचन आयोगले मान्यता दिएको छ । शुक्रबार आयोगले प्रदेश २ प्रदेशसभा निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित १३ सदस्यलाई राजनीतिक दलसम्बन्धी अध्यादेश तथा प्रचलित कानुन अनुसार नयाँ दलको सांसदको रुपमा मान्यता दिएको हो ।आयोगका अनुसार प्रदेशसभा सदस्य गोविन्दबहादुर न्यौपाने, मदन सेन प्रसाद श्रीवास्तव, प्रमोदकुमार यादव, बेची लुंगेली, नागेन्द्र राय यादव, मन्जुकुमारी यादव, शत्रुधन महतो, रविन्द्र बैठा धोबी,