गठबन्धनभित्र सिट भागबन्डामा सकस, शेखरको ४० प्रतिशत दाबी

काठमाडौँ । गठबन्धनभित्र सिट संख्या भागबन्डामा सकस परिरहँदा काँग्रेसमा ४० प्रतिशत हिस्साको नेतृत्व गरिरहेका शेखर कोइरालाले एकातिर नेतृत्वलाई सय सिटभन्दा तल नझर्न दबाब दिइरहेका छन् । उनले उम्मेदवार छनोट न्यायोचित नभए पार्टीभित्र विद्रोह हुन सक्ने चेतावनी पनि दिइरहेका छन् । ४० प्रतिशत नेता–कार्यकर्ताको सुरक्षा गर्ने जिम्मेवारी उनको काँधमा छ ।

सम्बन्धित सामग्री

चाडबाडमा पनि उद्योगको उत्पादन ४० प्रतिशत मात्र

विराटनगर। सुनसरी–मोरङ औद्योगिक कोरिडोरका ठूलासाना ५ सय उद्योगको उत्पादन चाडबाडको बेला पनि नबढेको सम्बद्ध व्यवसायीले बताएका छन् । अत्यधिक माग हुने बेला पनि उत्पादन ४० प्रतिशतभन्दा माथि जान नसकेको उनीहरूले बताए । उद्योगीहरूले सरकारले विकास बजेट खर्च गर्न नसक्नु, स्थानीय तहमा समयमै बजेट नजानु, सरकारी राजस्व घट्नु र बजार चलायमान नहुनुलाई यसको कारण मानेका छन् ।  दशैंको बेला खाद्य उद्योगसमेतले सन्तुष्ट हुने गरी व्यापार गर्न सकेनन् । अन्यको तुलनामा चाहिँ यी उद्योगको उत्पादन सुधारात्मक देखिएको व्यवसायीको भनाइ छ । बजारमा किनबेचमा आएको कमीले उद्योगको उत्पादन खुम्चिए पनि सरकारले निर्माणलगायत क्षेत्रमा भुक्तानी गर्नुपर्ने रकम रोक्दा समस्या जटिल बन्दै गएको नेपाल उद्योग परिसंघ कोशीका अध्यक्ष पवन शारडाले बताए ।  सरकारले बैंकहरूमा थुप्रिएको लगानीयोग्य रकमलाई कम ब्याजमा बजारमा प्रवाह गर्नुपर्ने उनको भनाइ छ । कम्तीमा ५ वर्ष कर्जाको ब्याज नबढ्ने ग्यारेन्टी गरे लगानीका लागि कर्जाको माग बढ्ने शारडाको भनाइ छ । सरकारले आर्थिक वर्षको पहिलो दिनदेखि नै भुक्तानी र खर्च शुरू हुने दाबी गरे पनि निर्माण व्यवसायीले ४ महीनासम्म सरकारबाट पाउनुपर्ने रकम नपाउँदा विकास निर्माण प्रभावित भएको र सिमेन्ट, रड, ढुंगागिटीलगायत उद्योगको उत्पादन बढ्न नसकेको शारडाले बताए ।  उनी भन्छन्, ‘सरकारले निर्माण व्यवसायीलाई तत्काल भुक्तानी गर्नुपर्छ । ठेकेदारले कामदारलगायत आफूले मालसामान लिएको डिलर अथवा उद्योगलाई भुक्तानी गर्छ । यसले आर्थिक चक्र चलाउँछ ।’ मैदा, चामल, दाल, तेल मिलहरूले चाडबाडका बेला केही राहत महसूस गरे पनि पहिलेको जस्तो विक्री नभएको व्यवसायीको गुनासो छ । तेल र चामल विक्रीको अपेक्षा पूरा नभएको चन्द्रशिव राइस एन्ड आयल मिलका सञ्चालक नरेश राठीले बताए । उनले भने, ‘यो वर्ष तेल र चामल जोगवनीबाट विनारोकटोक आएकाले नेपालको उत्पादन विक्री नै हुन सकेन ।’  उद्योगीहरूले सरकारले विकास बजेट खर्च गर्न नसक्नु, स्थानीय तहमा समयमै बजेट नजानु, सरकारी राजस्व घट्नु र बजार चलायमान नहुनुलाई यसको कारण मानेका छन् ।  अघिल्ला वर्षहरूमा चाडबाडका बेला दोब्बर हुने व्यापार यसपटक बढेन । भारतीय बजारमा नेपालको तुलनामा तोरीतेल लिटरमा ४५ रुपैयाँ र चामल किलोमा २० रुपैयाँ सस्तो भएकाले चोरीको बाटो भएर भित्रिँदा यता अपेक्षाअनुरूप व्यापार हुन नसकेको व्यवसायीको भनाइ छ । सरकारले भन्सार नाकामै कडाइ नगरेसम्म नेपाली उद्योगको नियति सधैं घाटा सहने हुने उनले बताए ।  मोरङ व्यापार संघका पूर्वअध्यक्ष तथा एशियन थाई फुड्सका सञ्चालक महेश जाजूले ५ महीनादेखि ४० प्रतिशतमा झरेको उद्योगको उत्पादन दशैंतिहारजस्ता चाडले सुधार्छ कि भन्ने आश रहे पनि त्यसो नभएको बताए । चिनीको उपलब्धता सहज नहुँदा महँगोमा किन्नुपर्ने बाध्यताले बिस्कुट, कन्फेक्सनरी, चकलेट, मिठाइजस्ता उद्योगको उत्पादन झन् कम हुँदै गएको जाजूको भनाइ छ । उनले भने, ‘सरकारले समयमै निजीक्षेत्रलाई चिनी ल्याउन दिएको भए अहिले महँगोमा किन्नुपर्ने अवस्था आउने थिएन ।’  सरकारको पूँजीगत बजेट समयमा खर्च नगर्दा र उधारो नउठ्दा उद्योगको उत्पादन कुल क्षमताको ५० प्रतिशतभन्दा तल पुगेको उद्योगीको गुनासो छ । उधारो उठाउने कानून यथाशीघ्र बनाउन पनि उनीहरूले माग गरेका छन् । सरकारले युवा जनशक्तिलाई स्वदेशमा रोक्न उद्योगमैत्री तथा यहीँ नै रोजगारी सृजना हुने वातावरण बनाउन ढिला भइसकेको उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले बताए । कुनै दिन मुलुकमा वृद्धहरू मात्रै रहने, देश रेमिट्यान्सले मात्रै चल्ने र सरकारको काम वृद्धभत्ता वितरण गर्नेमा सीमित हुने उनले चेतावनी दिए ।  निर्माण सामग्री उत्पादन गर्ने उद्योगदेखि खाद्य उद्योगसम्मले चाडबाडमा क्षमताको ८० देखि ९० प्रतिशतसम्म उत्पादन गर्थे । तर, यसपटक मागमा गिरावट र खुला सीमाका कारण ४० प्रतिशतमा खुम्चनु परेको नेपाल फ्लोर मिल एशोसिएशनका उपाध्यक्ष विकास बेगवानीले बताए ।  बजार चलायमान नहुँदा हरेक क्षेत्रको विक्री क्रमश: घटेको उनले उल्लेख गरे । सरकारले समयमा चिनी, चामल र गहुँ आयात नगर्दा सस्तोमा किन्न पाइन्छ भनेर उपभोक्ता सीमापारिका भारतीय बजार गएको र तिनलाई रोक्न सरकार असफल हुँदा सीमावर्ती स्वदेशी बजार दशैंमा पनि सुनसान रहेको उनले बताए ।

एमालेले ४० प्रतिशत मत ल्याउँछः विष्णु रिजाल

काठमाडौं, १६ कात्तिक । नेकपा एमालेका नेता विष्णु रिजालले मंसिर ४ को निर्वाचनमा पार्टीले ६ प्रतिशत मत बढाउने दाबी गरेका छन् । ‘चुनावमा दल र नेताहरुप्रति आलोचना र आक्रोश पोख्नु स्वाभाविक हो । तर नेकपा एमाले बहुमत ल्याउन सक्ने, सरकार चलाउन सक्ने, व्यवस्थित कार्यक्रम भएको पार्टी हो । यसपटक हामी गत स्थानीय तहको निर्वाचनभन्दा ६ […]

कांग्रेसकाे ४० प्रतिशत सिट समानुपातिकबाट आउने प्रवक्ता महतकाे दाबी

काठमाडाैं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले ४० प्रतिशत सिट समानुपातिकबाट आउने दाबी गरेका छन् ।  अघिल्लाे चुनावमा समानुपातिकमा ४० र प्रत्यक्षमा २३ सिटमात्र आएकाे उल्लेख गर्दै प्रवक्ता महतले अहिले पनि ४० प्रतिशत सिट समानुपातिकबाट आउने बताएका हुन् । ६१ ठाउँमा संघ वा प्रदेशमा खाली रहेकाे उनले भने, "यस्ताे ठाउँमा हाम्रा साथी निष्क्रिय...

कांग्रेस संस्थापनइतर शेखर-गगन समूहको ४० प्रतिशत सिट दाबी

नेपाली कांग्रेस भित्रको शेखर कोइराला समूहले आफूहरूलाई प्रत्यक्षतर्फ ४० प्रतिशत सिट दिनुपर्ने निष्कर्ष निकालेको छ ।

निर्वाचनमा ४० प्रतिशत युवा उम्मेदवार बनाउन राष्ट्रिय युवा परिषद्को माग

काठमाडौँ । राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले आसन्न स्थानीय तहको निर्वाचनमा ४० प्रतिशत युवालाई उम्मेदवार बनाउन सबै राजनीतिक दलसँग आग्रह गरेका छन् । बस्नेतले युवाले मुलुकको कुल जनसंख्याको ४० प्रतिशत हिस्सा ओगटेको दाबी गर्दै सोही अनुपातमा युवाहरूलाई उम्मेदवार बनाउन आग्रह गरेका हुन् । उपाध्यक्ष बस्नेतले युवाहरु भविष्यका कर्णधार मात्र नभएर वर्तमानका जबर्जस्त अंशियार […]

४० प्रतिशत युवा उम्मेदवार बनाउन राष्ट्रिय युवा परिषद्को माग

राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले आसन्न स्थानीय तहको निर्वाचनमा ४० प्रतिशत युवालाई उम्मेदवार बनाउन सबै राजनीतिक दलसँग आग्रह गरेका छन् । बस्नेतले युवाले  मुलुकको कुल जनसंख्याको ४० प्रतिशत हिस्सा ओगटेको दाबी गर्दै सोही अनुपातमा युवाहरूलाई उम्मेदवार बनाउन आग्रह गरेका हुन् ।

देउवा–पौडेल पक्षको दाबी : महाधिवेशन प्रतिनिधि आफ्नो ६० अर्कोको ४० प्रतिशत

रामकृष्ण चापागाईं, काठमाडौं । क्षत्रिय अधिवेशनको नतिजा आउन थालेसंगै महाधिवेशन प्रतिनिधिहरुको जोरघटाउमा एकले अर्कोलाई कमजोर देखाउदै नेतृत्वका दाबेदार नेताहरुको सचिवालयले समाचार सार्वजनिक गर्न थालेको छ । आसन्न महाधिवेशनबाट पुनः नेतृत्व लिने दाउमा रहनुभएका सभापति शेरवहदाुर देउवा र सभापतिका आकाक्षि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको सचिवालयले नेपाली काग्रेस सुचना केन्द्रको नाममा आ–आफ्नो पक्ष बलियो रहेको भन्दै […]

जसपा आधिकारिकता विवाद, आज निर्वाचन अयोगले छलफल गर्दै

काठमाडौं। जसपा दुवै पक्षसँग आज निर्वाचन आयोगले छलफल गर्दैछ।राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ को उपदफा ४ बमोजिम अन्तिम सहमतिका लागि दुबै पक्षलाई छलफलमा बोलाएको हो।सहमति नभए आफैं सुनुवाई गर्ने प्रक्रियामा प्रवेश गर्ने बताइएको छ। पदाधिकारी,केन्द्रीय समिति वा केन्द्रीय समितिको निर्णयको आधिकारिकता दाबी गर्ने पक्षले दलको केन्द्रीय समितिको ४० प्रतिशत सदस्यको हस्ताक्षरसहित आयोगसमक्ष आधार तथा प्रमाणसहित दाबी पेस गर्नुपर्ने व्यवस्था छ।