मध्यपहाडी लोकमार्गमा पर्ने अक्करे भीरमा सोमबार बिहानै सुक्खा पहिरो खस्दा सडक पुनः अवरुद्ध बन्यो । पहिरोले कुनै दुर्घटना ननिम्तिए पनि सवारी साधन अक्करे भीर छिचोलेर गन्तव्यतर्फ जान पाएनन् । ४ घण्टा रोकिए । पूर्वी पहाडका जिल्लाहरू र सिन्धुलीकै दुईवटा गाउँपालिकामा पुग्न अक्करे भीर छिचोल्नै पर्छ । वैकल्पिक सडक छैन । यसअघि बेमौसमी वर्षाले पहिरो खस्दा अघिल्लो साता यो सडक २ दिन अवरुद्ध भएर एकतर्फी सञ्चालनमा आएको थियो ।