बर्खा लागेसँगै पहाडी क्षेत्रका राजमार्गमा बाढी पहिरो जान थालेपछि यात्रुले सास्ती पाउन सुरु भएको छ । नारायणगढ–मुग्लिन सडक खण्ड र पृथ्वी राजमार्गमा पानी पर्ने बित्तिकै पहिरो जाने समस्याले यात्रुहरुले सास्ती खेप्न बाध्य छन् ।पहिरोले सडक अवरुद्ध हुँदा सवारी साधनको लामो लाइन लाग्ने गर्छ । गएरातिदेखि अवरुद्ध नारायणगढ–मुग्लिन सडक र मुग्लिन–नौविसे सडक एक घण्टाअघिदेखि सञ्चालनमा आएको छ । चितवनमा पर्ने सबै राजमार्ग सामान्य रुपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि