पहिरोले पुल बगाएपछि यात्रुलाई सास्ती

सिमकोट- पाँच दिन लगातार परेको वर्षाको कारण सर्केगार्ड गाउँपालिका- २ को रिपगार्ड खोलामा निर्माण गरिएको काठेपुल पहिरोले बगाएपछि पैदल यात्रुहरूलाई आउजाउमा समस्या भएको छ। उक्त खोलाको पुल बगाएपछि अन्य विकल्पसमेत नहुँदा पैदल यात्रुहरू ल्याप्चेमा निर्माण गरिएको तुईन तरेर कर्णाली नदी वारपार गर्न बाध्य हुँदै आएछन्। सर्केगार्डबाट सिमकोटतर्फ आएको सिमकोट गाउँपालिका- ७ का कैलाश माध्यामिक विद्यालयका […]

सम्बन्धित सामग्री

बेगखोलामा पुल नहुँदा यात्रुलाई सास्ती

म्याग्दी । बेनी–जोमसोम सडक अन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगखोलामा पक्की पुल नबन्दा यात्रुले सास्ती खेप्नुपरेको छ । वर्षामा खोलामा आउने बाढीका कारण दैनिक रूपमा बाटो अवरुद्ध हुनुका साथै खोला तर्न नसकेर यातायातका साधन र पैदलयात्रु अलपत्र पर्ने गरेका छन् । २०७३ सालमा आएको बाढीले बेगखोलामा बस्तीसँगै मोटरेबल पुल र झोलुंगे पुल बगाएपछि बेनी जोमसोम सडकको यात्रा कष्टकर बन्दै आएको छ । ४ वर्ष बितिसक्दा पनि सम्बद्ध निकायसँग बेगखोलामा पुल बनाउने योजना छैन । खोलामा बहाव बढेपछि अलपत्र पैदलयात्रुलाई डोजरमार्फत वारपार गराउनुपर्ने बाध्यता छ । बेगखोलामा पुल बनाउन संघ सरकार र गण्डकी प्रदेश सरकारसँगै म्याग्दी र मुस्ताङका जनप्रतिनिधिले बेवास्ता गर्दा आफूहरूले सास्ती खेप्नुपरेको स्थानीयवासीको गुनासो छ । खोला तर्ने क्रममा अकस्मात् आउने बाढीले विभिन्न हलुका सवारीसाधन बगाउने गरेको छ । जिल्लाका राजनीतिक दल एवं नेताहरूले बेखखोलामा पक्की पुल निर्माण गर्न चासो नदिएको भन्दै स्थानीयले सामाजिक सञ्जालमा गुनासो पोेख्दै आए पनि यसको सुनुवाइ हुन सकेको छैन । बाढीले पुल बगाएको चार वर्ष बितिसक्दा समेत म्याग्दीबाट निर्वाचित संघीय तथा प्रदेश सांसदले पुल निर्माणमा कुनै चासो नदिएको अन्नपूर्ण गाउँपालिकाका सुरेन गुरुङले बताए । यसैबीच, सडक विभागले बेगखोलामा पक्की पुल निर्माणका लागि ठेक्का सम्झौता भएको बताएको छ । यही आर्थिक वर्षमा निर्माण कम्पनीले काम शुरू गर्ने सडक विभागबाट जानकारी प्राप्त भएको जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्रबहादुर केसीले जानकारी दिए ।