गोरखा : कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएर १५ जनाको निधन भएपछि बल्ल गण्डकी प्रदेश सरकारले स्वास्थ्यकर्मी टोली बारपाक पठाउने भएको छ।बुधबार राति तीन जनासहित बारपाक गाउँमा जेठ महिनायता १५ जनाको मृत्यु भइसकेको छ। तीमध्ये १२ जनाको कोरोना परीक्षण नै गरिएको छैन। परीक्षणमा समस्या भएपछि प्रदेश सरकारले स्वास्थ्यकर्मी टोली त्यसतर्फ पठाउने भएको हो। प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार तथा विकास मन्त्री रामशरण बस्नेत भोलि स्वास्थ्यकर्मीको टोलीसहित बारपाक जाने भएका हुन्। &lsqu