नेपालमा लगानी गर्न आउने उत्तर कोरियालीलाई प्रवेशाज्ञा प्रक्रिया सहज बनाइदिन राजदूत योङको आग्रह

काठमाण्डौ – उत्तर कोरियाली नागरिकलाई नेपालमा प्रवेशाज्ञा प्रक्रिया सहज बनाइदिन नेपालका लागि उत्तर कोरियाली राजदूत जो योङ मेनले अनुरोध गर्नुभएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरसँग आज बिहीबार श्रम मन्त्रालयमा भएको भेटमा उत्तर कोरियाका राजदूत योङ मेनले नेपालमा लगानी गर्न आउने कोरियाली नागरिकलाई प्रवेशाज्ञा प्रक्रिया सहज बनाइदिन आग्रह गर्नुभएको श्रम मन्त्रालयले जनाएको छ । राजदूत योङ मेन श्रम मन्त्री कुँवरसँग भेटवार्ताका लागि बिहीबार श्रम मन्त्रालय जानुभएको थियो । भेटमा विशेष गरी दुई देश...

सम्बन्धित सामग्री

नेपालमा लगानी सम्भाव्यता खोजीका लागि रुसी उद्योगी-व्यवसायीको टोली आउँदै

काठमाडौ । रुसका उद्योगी व्यवसायी नेपालमा लगानीका क्षेत्रको पहिचान गर्न बिहीबार नेपाल आउने भएको छ । रुस उद्योग वाणिज्य संघको नेतृत्वमा आउने टोलीले वैशाखमा हुने लगानी सम्मेलनमार्फत लगानी गर्न सकिने क्षेत्रको अध्ययन गर्ने बताइएको छ । बुधबार अर्थमन्त्री वर्षमान पुनलाई भेट्न पुगेका नेपालका लागि रुसी राजदूत अलेक्सेई ए. नोभिकोभले रुसी व्यवसायीको टोली भोलि नेपाल आउन […]

ईआईबीसँगको सम्झौता लगानी भित्र्याउन महत्वपूर्ण

युरोपेली लगानी बैंक (ईआईबी) र नेपाल सरकारबीच दीर्घकालीन लगानीसम्बन्धी फ्रेमवर्क सम्झौता भएको छ । नेपालको आर्थिक विकास र ऊर्जालगायतका पूर्वाधारमा लगानी गर्नका लागि भएको यो सम्झौता निश्चयै पनि सकारात्मक छ । हुन त कुनकुन आयोजनामा कतिकति लगानी कुन शर्तमा आउँछ भन्ने विषयमा परियोजना विशेष सम्झौता हुनुपर्छ । तर, देशमा लगानी वर्ष चलिरहँदा युरोपेली युनियनको लगानी बैंकसँग यस किसिमको सम्झौता हुनुले यहाँ लगानीको ढोका भने निश्चय पनि खुलेको छ । यो बैंकले यस किसिमको फ्रेमवर्क सम्झौता गरेका सीमित एशियाली देशमा पर्नुले नेपाल उसको प्राथमिकताको क्षेत्र रहेको प्रमाणित गर्छ । यसका साथै, देशले जलविद्युत्मा लगानीलाई पहिलो प्राथमिकतामा राखेको बखत भएको यस किसिमको सम्झौता ऊर्जा विकासका लागि पनि सकारात्मक हो । फ्रेमवर्क सम्झौतामा हस्ताक्षर गर्ने क्रममा ईआईबीकी उपाध्यक्ष म्यारडालेना अभरिज आर्जाले यो सम्झौता नेपाली इतिहासमै महत्त्वपूर्ण रहेको र नेपालमा लगानी भित्त्याउनका लागि कोसेढुंगो हुने बताइन् । भोलि यो सम्झौताको प्रतिफलस्वरूप आउने परियोजनाहरूले त्यसो हो वा होइन भन्ने कुरा बताउनेछन् । तर पनि नेपालको जलविद्युत् विकासमा सहयोग गर्ने हिसाबले जुन रूपमा सम्झौता भएको छ, त्यसलाई अधिकाधिक सदुपयोग गर्न नेपाल सक्षम हुनुपर्छ ।  (सम्पादकीयबाट) वर्ष ६, अंक २३५, बुधवार, २७ वैशाख, २०६९

बिमस्टेकको छैठौं सम्मेलनमा सहभागी हुन उद्योग मन्त्री रिजाल भारत प्रस्थान

काठमाडौं । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास (बिमस्टेक) को छैठौं शिखर सम्मेलनमा सहभागी हुन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल भारत प्रस्थान गरेका छन् । सम्मेलन भारतको कलकत्तामा जेठ ३०, ३१ र ३२ गते आयोजना हुँदैछ  । तिन दिने शिखर सम्मेलनपछि मन्त्री रिजाल स्वदेश आउने छन् । नेपालमा लगानी भित्र्याउने तथा […]

‘नीतिगत सुधार गरे विदेशी लगानी आउने’

काठमाडौं । विदेशी लगानीका लागि नीतिगत सुधार आवश्यक रहेको विज्ञहरूले बताएका छन् । लगानी बोर्ड नेपालको कार्यालय र स्ट्यान्डर्ड चार्टर्ड बैंकले नेपाल आर्थिक पत्रकार समाज (सेजन)सँगको सहकार्यमा काठमाडौंमा शुक्रवार सम्पन्न ‘नेपालका लागि वित्तीय लगानीसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन, २०२३’ का वत्ता विज्ञहरूले यस्तो धारणा राखेका हुन् ।  सम्मेलनमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा प्रकाशकुमार श्रेष्ठले नेपालमा लगानी ल्याउन आवश्यक नीतिगत सुधार, सरकार तथा कर्मचारीतन्त्रमा खुला तथा उदार सोचका साथै लगानीका क्षेत्रका प्रचारप्रसार आवश्यक रहेको बताए । नेपालको अर्थतन्त्र अनेक समस्याका बाबजुद स्थिर रहेको र अहिलेसम्म टाट पल्टने अवस्था नआएको उनको भनाइ छ ।  नेपालको विकासका लागि ठूलो मात्रामा लगानी आवश्यक रहेको भन्दै उनले आन्तरिक स्रोत पर्याप्त नभएको उल्लेख गरे । ‘हामीसँग विकासका लागि पर्याप्त आन्तरिक स्रोत नभएको अवस्थामा विदेशी लगानी आवश्यक छ,’ उनले भने, ‘यसका लागि ग्रीन फाइनान्सिङ, प्रत्यक्ष विदेशी लगानी तथा ब्लेन्डेड फाइनान्समार्फत लगानी ल्याउन सक्नुपर्छ ।’ श्रेष्ठले नेपालको जलविद्युत्, पर्यटनलगायत क्षेत्रमा लगानी आवश्यक रहेको र विदेशी लगानी ल्याउन सहज वातावरण निर्माणमा ध्यान दिनुपर्ने बताए । ‘नीतिगत सुधार रातारात हुँदैन, तर अहिलेदेखि नै सुधार गर्नुपर्छ,’ उनले भने, ‘अहिलेको आवश्यकता विदेशी लगानी ल्याउन केन्द्रित हुनुभन्दा पनि धान्न सक्ने क्षमता बढाउनुपर्नेमा हुनुपर्छ ।’ इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिजका कार्यकारी निर्देशक डा विश्वास गौचनले नेपालमा ‘कस्ट अफ डुइङ बिजनेश’ उच्च भएकोले लगानी ल्याउन नसकिएको बताए । ‘नेपालमा श्रमिकको पारिश्रमिक र कस्ट अफ डुइङ बिजनेश अन्य देशको तुलनामा बढी छ, विदेशी लगानी ल्याउन यस्ता क्षेत्रमा सुधार आवश्यक छ ।’ उनले चीन र भारतसँग उत्पादन क्षेत्रमा प्रतिष्पर्धा गर्न नसक्ने भन्दै नेपालले सेवामूलक क्षेत्रमा लगानी बढाउन सके फाइदा हुने बताए । उनले विगत ३० वर्षयता राजनीतिक संक्रमणकालका कारण पनि पर्याप्त विदेशी लगानी ल्याउन नसकिएको धारणा राखे । कार्यक्रममा समृद्धि द प्रोस्पेरिटी फाउन्डेसनका अर्थशास्त्री अर्पिता नेपालले हामीलाई कस्तो खालको विदेशी लगानी आवश्यक हो त्यसमा स्पष्ट हुनुपर्ने बताइन् । उनले ग्वाटेमाला र भियतनामको उदाहरण दिँदै नेपालले कुन क्षेत्रमा लगानी आवश्यक छ सोहीअनुसार लगानी ल्याउन प्रयास गर्नुपर्नेमा जोड दिइन् ।  प्रादेशिक स्तरमा ठूलो लगानी आवश्यक भएको भन्दै त्यसतर्फ ध्यान दिनुपर्ने सुझाइन् । क्रेटिट रेटिङ तथा पूँजी नियन्त्रणलगायत समस्याले अपेक्षाकृत रुपमा नेपालमा लगानी ल्याउन नसकिएको उनको भनाइ छ । स्ट्यान्डर्ड चार्टर्ड बैंक, सस्टेनेबल फाइनान्स, ईएसआरएमका कार्यकारी निर्देशक हेथ गिब्सनले नेपालसँग अन्तरराष्ट्रिय स्तरका वातावरणीय र सामाजिक प्रभावसँग सम्बन्धित नीति भएको उल्लेख गर्दै बैंक सधैं नेपाल जस्ता मुलुकमा लगानीका लागि तयार रहेको बताए । अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालले नेपालमा लगानी ल्याउन नीतिगत स्थिरतामा ध्यान दिनुपर्ने बताए । उनले निजीक्षेत्र पनि विदेशी लगानी ल्याउने विषयमा उदार हुनुपर्ने भन्दै विदेशी लगानी आउँदैमा सुरक्षा जोखिम हुने धारणा राख्न नहुने बताए । नेपालको कुल गार्हस्थ्य उत्पादनको औसतमा २ प्रतिशत विदेशी लगानी भएको उनको भनाइ छ । ‘३० लाखभन्दा बढी जनसंख्या विदेशमा छ, अर्थतन्त्र रेमिट्यान्सले धानेको अवस्था छ,’ उनले भने, ‘हामीलाई दिगो विकासका लक्ष्य पूरा गर्न प्रत्येक वर्ष ५ खर्ब रुपैयाँ आवश्यक छ । त्यसका लागि पनि विदेशी लगानी आवश्यक छ ।’ उनले नेपालको विकासमा सहायताले मात्रै वित्तीय आवश्यकता पूरा नहुने भन्दै निजीक्षेत्रको लगानी बढाउन वित्तीय क्षेत्रमा नवीनतम औजार ल्याउनुपर्नेमा जोड दिए । उनले नेपालले न्यून परिपूरक कोष, अनुदान तथा सहयोगका माध्यमबाट लगानी ल्याउन सक्ने पनि बताए ।

भारू अभाव र भारतीय लगानी

अहिले बजारमा नोटको अभाव देखिन्छ । अलि ठूलो मात्रामा नेपाली नोट चाहियो भने बैंकहरूले दिन सक्दैनन् । हुँदाहुँदा अब त भारतीय रुपैयाँको पनि अभाव भएको छ । यसले गर्दा अहिले मानिसहरू बैंकमा पैसा राख्न डराउन थालेका छन् । यो स्थिति बढ्दै गएर समग्र बैंकिङ पद्धतिप्रति नै मानिसहरूको अविश्वास बढ्यो भने के होला ? नेपालले गर्दो कुल वैदेशिक व्यापारमध्ये ६५ प्रतिशतभन्दा बढी भारतसँग हुन्छ । त्यो व्यापार अहिले पनि घाटामा नै हुने गरेको छ । नेपालबाट वस्तुहरूको निर्यात भएर जुन मात्रामा भारतीय रुपैयाँ आउने छ त्यो भन्दा धेरै गुणा बढी रकम हामीले भारतबाट खरिद गर्दा भुक्तानी गर्छौं । यो अवस्थामा तत्कालै उल्लेखनीय सुधार आउन सक्ने सम्भावना निकै कम छ । त्यो अवस्थामा भारतसँगको व्यापार घाटा कम गर्न सबैभन्दा सरल उपाय भारतीय लागनीकर्तालाई नेपालमा लगानी गर्न निम्त्याउनु हो । भारतीय लगानीकर्ता आउनु भनेको भारतीय रुपैयाँ आपूर्ति नेपालमा बढ्नु हो । डलरको मूल्य भारतीय रुपैयाँ खरिद गर्नुपर्ने बाध्यता अन्त हुनु हो । कुनै पनि देशका लगानीकर्ता विद्युत् उत्पादनको एउटा क्षेत्रबाहेक अरू कुनै पनि क्षेत्रमा अहिले नेपालमा आएर लगानी गर्न सक्ने अवस्था छैन । किनकि कुनै पनि काम गर्न पहिले बिजुली चाहियो । जुन देशमा बिजुली छैन त्यो देशमा अरू उद्योग कसरी सञ्चालन हुन सक्छ । त्यसैले लगानीकर्ता आउने एउटा क्षेत्र भनेको जलविद्युत् हो । त्यसबाहेक अरू कनै पनि क्षेत्रमा विदेशी लगानीको सम्भावना छैन । वर्ष ५, अंक २८, २०६६, चैत २–८

‘नेपालको मुहार फेर्ने परियोजनाको लागि पैसा छैन, त्यसैले लगानी सम्मेलन’

काठमाण्डाै – शुक्रबार र शनिबार काठमाण्डौमा हुने अन्तर्राष्ट्रिय लगानी सम्मेलनलाई लक्षित गरेर काठमाण्डौका चोक चोकमा स्वागतद्वार बनाइएको छ । विदेशी पाहुना आउने सडकका खम्बा र भित्तामा पाहुनालाई स्वागत गरिएका र नेपालमा लगानी गर्न आग्रह गरिएका बोर्ड झुण्डाइएका छन् । विदेशी पाहुना आउने बाटोमा काठमाण्डौ महानगरपालिका र स...