बागमती प्रदेश मन्त्रिपरिषद् बैठकद्वारा दुई अध्यादेश स्वीकृत

मकवानपुर । बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले प्रदेश निजामती कर्मचारीको पदस्थापन, सरुवा तथा काज सम्बन्धमा पहिलो सम्बोधन गर्न बनेको विधेयक २०७८ र प्रदेश नीति तथा योजना आयोग (गठन र कार्य सञ्चालन) चौथो संशोधन २०७८ को अध्यादेश स्वीकृत गरेको छ । मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले काठमाडौँको कीर्तिपुर नगरपालिका र चीनको हुवेयी प्रान्तस्थित हुवाङगाङ […]

सम्बन्धित सामग्री

पाँच अध्यादेश स्वीकृत

बागमती प्रदेश सभाको सोमबार बसेको बैठकबाट पाँचवटा अध्यादेश स्वीकृत भएका छन् ।  गत १८ पुसमा बसेको प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो बैठकमा प्रस्तुत भएका अध्यादेशहरू सर्वसम्मत स्वीकृत भएका हुन् ।  बैठकमा मुख्यमन्त्री...

प्रदेश मन्त्रिपरिषद् बैठक : दुईवटा अध्यादेश ल्याउँदै

बागमती प्रदेश सरकारले प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ लाई संशोधन गर्न बनेको अध्यादेश र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश ल्याउने भएको छ । बागमती प्रदेश सरकारको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दुईवटा अध्यादेश स्वीकृत गर्दै जारी गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालले प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ मा भएका केही व्यवस्था संशोधन गर्नु आवश्यक भएको र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७६ मा हेटौँडा अस्पताललाई प्रतिष्ठानको शैक्षिक अस्पताल रहने गरी संशोधन गरी अध्यादेश जारी गर्न लागेको जानकारी दिनुभयो ।

बागमती प्रदेशसभा साढे चार वर्षमा ७० विधेयक पारित

बागमती प्रदेश प्रदेशसभाले विगत साढे चार वर्षको अवधिमा ७० वटा विधेयक पारित गरेको छ । सो सभाबाट मूल विधेयक ५५ वटा तथा संशोधन विधेयक १५ वटा गरी कूल ७० वटा विधेयक पारित भएको सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिएका छन् ।त्यसैगरी ६६ वटा विधेयक प्रदेश प्रमुखबाट प्रमाणित भइसकेको उनले बताए । प्रदेशसभाबाट वटा अध्यादेश पारित गरेको तथा तीन वटा विधेयक  विविध कारणले स्वीकृत हुन नसकेको बताइएको छ । सङ्घीय सरकारले कतिपय ऐन नबनाउँदा प्रदेश सरकारले चाहेर पनि आवश्यक ऐन बनाउन नसकेको उनको गुनासो  रहेको छ ।

बागमती प्रदेश सरकारले ल्यायो ४ अध्यादेश

बागमती प्रदेश सरकारले ४ वटा अध्यादेश ल्याउने निर्णय गरेको छ । जसमध्ये एक अध्यादेश स्वीकृत भइसकेको छ । विगत लामो समयदेखि संसद्मा भएको अवरोधका कारण सरकारले एकै पटक ४ वटा अध्यादेश ल्याउने निर्णय गरेको हो । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले स्थानीय तहका कर्मचारी व्यवस्थापन तथा कार्यालय संचालन सम्बन्धनमा व्यवस्था गर्न बनेको अध्यादेश, प्रदेश निजामती सेवाको गठन, संचालन र सेवाका सर्तहरू सम्बन्धनमा व्यवस्था गर्न बनेको अध्यादेश र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान (पहिलो संशोधन) अध्यादेश ल्याए

दल विभाजन अध्यादेशको बागमती प्रदेश सभामा विरोध, नियमावली संशोधन गर्न समिति गठन

हेटौँडाः संघीय सरकारले सिफारिस गरेको राजनीतिक दल ऐन संशोधन अध्यादेशको बागमती प्रदेश सभामा विरोध भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओली निकट सांसदहरुले अध्यादेशको विरोध गरेका हुन्। प्रदेश सभामा सत्ता पक्षका सांसदहरुले विरोध गरेका हुन्। सभाको शून्य समयमा सदस्यहरुले पार्टी फुटाउने अध्यादेश स्वीकृत गर्न नहुने भन्दै ध्यानाकर्षण समेत गराएका छन्‍।…

दुई अध्यादेश स्वीकृत

बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले प्रदेश निजामती कर्मचारीको पदस्थापन, सरुवा तथा काज सम्बन्धमा पहिलो सम्बोधन गर्न बनेको विधेयक २०७८ र प्रदेश नीति तथा योजना आयोग (गठन र कार्य सञ्चालन) चौथो संशोधन २०७८ को अध्यादेश स्वीकृत गरेको छ ।मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले काठमाडौँको कीर्तिपुर नगरपालिका र चीनको हुवेयी प्रान्तस्थित हुवाङगाङ सहरबीच भगेनी सम्बन्ध स्थापित गर्न सङ्घीय सरकारलाई सिफारिस गर्ने निर्णय गरेको भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयालले बताए ।