बागमती प्रदेशसभा साढे चार वर्षमा ७० विधेयक पारित

बागमती प्रदेश प्रदेशसभाले विगत साढे चार वर्षको अवधिमा ७० वटा विधेयक पारित गरेको छ । सो सभाबाट मूल विधेयक ५५ वटा तथा संशोधन विधेयक १५ वटा गरी कूल ७० वटा विधेयक पारित भएको सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिएका छन् ।त्यसैगरी ६६ वटा विधेयक प्रदेश प्रमुखबाट प्रमाणित भइसकेको उनले बताए । प्रदेशसभाबाट वटा अध्यादेश पारित गरेको तथा तीन वटा विधेयक  विविध कारणले स्वीकृत हुन नसकेको बताइएको छ । सङ्घीय सरकारले कतिपय ऐन नबनाउँदा प्रदेश सरकारले चाहेर पनि आवश्यक ऐन बनाउन नसकेको उनको गुनासो  रहेको छ ।

सम्बन्धित सामग्री

बागमती प्रदेशसभा : साढे चार वर्षमा ७० विधेयक पारित

काठमाडौँ,११ साउन । बागमती प्रदेश प्रदेशसभाले विगत साढे चार वर्षको अवधिमा ७० वटा विधेयक पारित गरेको छ । सो सभाबाट मूल विधेयक ५५ वटा तथा संशोधन विधेयक १५ वटा गरी कूल ७० वटा विधेयक पारित भएको सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिएका छन् । त्यसैगरी ६६ वटा विधेयक प्रदेश प्रमुखबाट प्रमाणित भइसकेको उनले भनेका छन् । […]

बागमती प्रदेशसभा बैठकबाट विधेयक पारित

बागमती प्रदेश सभाले सार्वजनिक सडक तथा परिवहन पूर्वाधारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७८ पारित गरेको छ । प्रदेश सभाको शनिवारको बैठकले विधेयक सर्वसम्मत पारित गरेको हो । प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयाँलले प्रदेशको सार्वजनिक सडक तथा परिवहन पूर्वाधारसम्बन्धी विधेयक पारितका लागि बैठकमा प्रस्तुत गरेका थिए ।