प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनको विरोध प्रदर्शन जारी रहेको छ । प्रधानन्यायाधीशविरुद्धको दोस्रो चरणअन्तर्गत हातमा कालो पट्टी बाँधेर सर्वोच्च अदालत प्रांगणमा दुई घण्टा विरोध प्रदर्शन गर्ने कार्यक्रम रहेको नेपाल बारले जनाएको छ ।