काठमाडौं । कुमारी बैंक (Kumari Bank Limited) (साविक नेपाल क्रेडिट एण्ड कमर्स बैंक) लिमिटेडको १४ लाख ८३ हजार ३७८ कित्ता संस्थापक शेयर (Promoter Share) जेठ १२ गतेदेखि विक्रीमा आएको छ ।
बैंकले प्रतिशेयर रू. ११० अंकित मूल्यमा उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरू र अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी विक्रीमा आएको हो । यो शेयर खरीदका लागि जेठ १९ गते अपराह्न १ बजेसम्म आवेदन दिनुपर्नेछ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम १ हजार कित्तासम्म अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न गर्दै बोलकबोल गर्नुपर्नेछ ।
तोकिएको अवधिभित्र प्राप्त बोलपत्र जेठ २१ गते बिहान ११ बजे खोलिने कार्यक्रम रहेको छ । यो शेयर विक्री प्रबन्धकमा सन्राइज क्यापिटल लिमिटेड (Sunrise Capital Limited) रहेको छ ।
काठमाडौं । कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) ले मर्जरपछि कायम भएको शेयर सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) मा दर्ता गराएका छन् ।
मर्जरपछि कायम कुल २६ करोड २२ लाख ५८ हजार ६१३ दशमलव ५७ कित्ता शेयर कुमारी बैंकको नामबाट माघ ४ गते सीडीएससीमा दर्ता भएको हो । सीडीएससीका अनुसार साविक कुमारी बैंकको १४ करोड ७१ लाख ११ हजार ८३२ दशमलव ५७ कित्ता र एनसीसी बैंकको ११ करोड ५१ लाख ४६ हजार ७८१ कित्ता शेयर दर्ता भएको हो ।
कम्पनीले मर्जरपछि कायम शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत गर्नुपूर्व सीडीएससीमा दर्ता गरेको हो । अब दोस्रो बजारमा दर्ता प्रक्रिया पूरा भएपछि उल्लिखित शेयर कारोबारमा आउनेछ । पछिल्लो समय जारी भएको मर्जर तथा प्राप्तिसम्बन्धी निर्देशिकामा एकीकृत कारोबार गरेको बढीमा १५ कारोबार दिनमात्र शेयर कारोबार रोक्का हुने व्यवस्था छ । सोही व्यवस्थाबमोजिम बैंकले शेयर कारोबार खुला गर्ने व्यवस्था मिलाएको हो ।
गत असोज १० गते मर्जरसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका यी बैंकले तीन महीना पूरा हुँदा मर्जर प्रक्रिया सम्पन्न गरी एकीकृत कारोबार शुरू गरेका हुन् । कुमारी र एनसीसी बैंक एक बराबर एक शेयर आदानप्रदान गर्दै मर्जरमा गएका हुन् ।
काठमाडौं । कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) को मर्जरपछि कायम शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बिहीवार सूचीकृत भएको छ ।
मर्जरपछि कायम कुल २६ करोड २२ लाख ५८ हजार ६१३ दशमलव ५७ कित्ता शेयर बिहीवार कुमारी बैंकको नाममा नेप्सेमा सूचीकृत भएको हो । नेप्सेमा सूचीकृत गर्नुअघि बैंकले सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) मा माघ ४ गते नै दर्ता गराइसकेको छ ।
साविक कुमारी बैंकको १४ करोड ७१ लाख ११ हजार ८३२ दशमलव ५७ कित्ता र साविक एनसीसी बैंकको ११ करोड ५१ लाख ४६ हजार ७८१ कित्ता शेयर नेप्सेमा कारोबारयोग्य भएको छ ।
कुमारी बैंक र एनसीसी बैंक मर्ज भई कुमारी बैंकको नामबाट गत पुस १७ गतेदेखि एकीकृत कारोबार शुरू भएको छ । एक बराबर एक शेयर आदानप्रदान गर्दै मर्ज भएका यी दुई बैंकका शेयरधनीहरूले आगामी कारोबार दिनदेखि कुमारी बैंकको नामबाट शेयर कारोबार गर्न सक्नेछन् ।
सीडीएससीले मर्जरपछि कायम शेयर स्वाप रेसियोका आधारमा सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा शेयर जम्मा हुने व्यवस्था मिलाइसकेको छ । एकीकृत कारोबारका दिनदेखि रोक्का रहेको दुवै बैंकको शेयर कारोबार फुकुवा गर्ने निर्णय पनि नेप्सेले गरेको छ ।
पछिल्लो समय जारी मर्जर तथा प्राप्तिसम्बन्धी निर्देशिकामा एकीकृत कारोबार गरेको बढीमा १५ कारोबार दिनमात्र शेयर कारोबार रोक्का हुने व्यवस्था छ । यो बैंक निर्देशिकामा भएको व्यवस्थाबमोजिम नै बढीमा १५ दिनभित्र रोक्का रहेको शेयर कारोबार फुकुवा गर्न सफल भएको छ ।
गत असोज १० गते मर्जरसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका यी बैंकहरूको तीन महीना पूरा हुँदा मर्जर प्रक्रिया सम्पन्न गरी एकीकृत कारोबार शुरू भएको हो ।
कुमारी बैंक लिमिटेड नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी बैंक) १ः१ शेयर अनुपातमा मर्जर भई बन्ने बैंक कुमारी बैंक लिमिटेडको नामबाट सञ्चालन हुने भएको छ ।
कुमारी बैंक लिमिटेड तथा नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड १ः१ शेयर अनुपातमा मर्जर भइ अब उपरान्त कुमारी बैंक लिमिटेडको नामले सञ्चालन हुने भएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा कुमारी बैंकका अध्यक्ष अमिर प्रताप जबरा तथा साविकको नेपाल क्रेडिट एण्ड कमर्स बैंकका अध्यक्ष उपेन्द्रकेशरी न्यौपानेले संयुक्त रुपमा समुद्घाटन गरे पश्चात् कुमारी बैंक लिमिटेडले एकीकृत […]
कुमारी बैंकको विशेष साधारण सभा सम्पन्न भएको छ । आज सम्पन्न साधारणसभाले एनसीसी बैंकसँग मर्ज हुने प्रस्ताव पारित गरेको छ । सभाले विशेष प्रस्तावको रुपमा पेश गरिएको कुमारी बैंक लिमिटेड र नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड एक आपसमा गाभ्ने/गाभिने (मर्जर) गर्ने सम्बन्धमा गरिएको अन्तिम सम्झौतापत्र स्वीकृत गर्ने तथा मर्जर सम्बन्धी बाँकी कार्य र आवश्यक […]
सानिमा बैंकको नेतृत्वमा चौधरी ग्रुपको सिजी सिमेन्टमा २ अर्ब ३७ करोड रुपैयाँ कर्जा प्रवाह हुने भएको छ ।
सानिमा बैंकले नेतृत्व गरेको सहवित्तीयकरण अन्तर्गतको कर्जामा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सह–अगुवाई एवं ग्लोबल आईएमई बैंक, कुमारी बैंक, सनराइज बैंक, प्रभु बैंक, नेपाल, सेञ्चुरी बैंक, नेपाल क्रेडिट एण्ड कमर्स बैंक र र नेपाल एसबिआई बैंकले ऋण प्रवाह गर्ने छन् ।
सिजी सिमेन्टको क्लिंकर क्षमता १९५० मेट्रिकटनबाट बाटा २९५० गर्नको लागि २ अर्ब ३७ करोड ८० लाख गरेर कुल ९ अर्ब ६ करोड ३० लाख कर्जा दिन बैंकहरुबीच सम्झौता भएको छ ।
सानिमा बैंकको नेतृत्वमा चौधरी ग्रुपको सिजी सिमेन्टमा २ अर्ब ३७ करोड रुपैयाँ कर्जा प्रवाह हुने भएको छ ।
सानिमा बैंकले नेतृत्व गरेको सहवित्तीयकरण अन्तर्गतको कर्जामा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सह–अगुवाई एवं ग्लोबल आईएमई बैंक, कुमारी बैंक, सनराइज बैंक, प्रभु बैंक, नेपाल, सेञ्चुरी बैंक, नेपाल क्रेडिट एण्ड कमर्स बैंक र र नेपाल एसबिआई बैंकले ऋण प्रवाह गर्ने छन् ।
सानिमा बैंकको नेतृत्वमा चौधरी ग्रुपको सिजी सिमेन्टमा २ अर्ब ३७ करोड रुपैयाँ कर्जा प्रवाह हुने भएको छ ।
सानिमा बैंकले नेतृत्व गरेको सहवित्तीयकरण अन्तर्गतको कर्जामा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सह–अगुवाई एवं ग्लोबल आईएमई बैंक, कुमारी बैंक, सनराइज बैंक, प्रभु बैंक, नेपाल, सेञ्चुरी बैंक, नेपाल क्रेडिट एण्ड कमर्स बैंक र र नेपाल एसबिआई बैंकले ऋण प्रवाह गर्ने छन् ।