सानिमा बैंकले असार १० गतेदेखि ऋणपत्र निष्काशन गर्ने भएको छ । कम्पनीले १,००० अंकित दरको ५० लाख कित्ताले हुन आउने ५ अर्ब बराबरको ऋणपत्र निष्काशन गर्न लागेको हो ।जस मध्ये ३० लाख कित्ता अर्थात् ३ अर्ब बराबरको ऋणपत्र निजि अर्थात् व्यक्तिगत तबरले बिक्रि गरिने र बाँकि २० लाख कित्ता अर्थात् २ अर्ब बराबरको ऋणपत्र सर्बसाधारणलाई बिक्रि गरिने बैंकले जानाएको छ । यस ऋणपत्रमा सामुहिक लगानी कोषले आवेदन दिएका छैनन् । ऋणपत्र निष्काशनको लागि आरविवी मर्चेन्ट बैंकिंग बिक्रि प्रबन्धक रहेको छ । यस ऋणपत्रमा छिटोमा असार १४ र सो अवधिसम्ममा पुरै आवेदन नपरेमा ढिलोमा असार २४ गतेसम्म आवेदन दिन सकिने छ । आवेदन दिंदा न्यनतम २५ कित्ता र अधिकतम २० लाखकित्तासम्मको लागि आवेदन दिन सकिने छ । १० वर्षे अवधिको यस ऋणपत्रमा बैंकले १०.२५ प्रतिशत ब्याज प्रदान गर्ने छ ।