नेपाल एसबिआई बैंकले असार २२ गतेदेखि ऋणपत्र निष्काशन गर्ने भएको छ। बैंकले ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो ।३० लाख कित्ता मध्ये १२ लाख कित्ता अर्थात् १ अर्ब २० करोड बराबरको ऋणपत्र सर्बसाधारणको लागि र बाँकि १८ लाख कित्ता अर्थात् १ अर्ब ८० करोड बराबरको ऋणपत्र व्यक्तिगत तबरबाट बिक्रि गरिने बैंकले जनाएको छ। यस ऋणपत्रमा सामुहिक लगनी कोषहरुले आवेदन दिएका छैनन् । ऋणपत्र निष्काशनको लागि सानिमा क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । यस ऋणपत्रमा छिटोमा असार २६ र सो अवधिसम्ममा पुरै आवेदन नपरेमा ढिलोमा साउन ४ गतेसम्म आवेदन दिन सकिने छ । आवेदन दिंदा न्युनतम २५ कित्ता र अधिकतम १२ लाखकित्तासम्मको लागि आवेदन दिन सकिने छ । ५ वर्षे अवधिको यस ऋणपत्रमा बैंकले १०.२५ प्रतिशत ब्याज प्रदान गर्ने छ ।