प्राइम कमर्शियल बैंकले माग्यो ऋणपत्र निष्काशन अनुमति, १० प्रतिशत ब्याज

प्राइम कमर्शियल बैंकले ऋणपत्र निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । बैंकले पुस २१ गते आवेदन दिएको हो।बैंकले  १,००० अंकित दरको २५ लाख कित्ताले हुन आउने २ अर्ब ५० करोड बराबरको ऋणपत्र निष्काशन गर्न अनुमति माग गरेको हो  । जस मध्ये १५ लाख कित्ता निजि तबरले बिक्रि गरिने र १० लाख कित्ता सर्बसाधारणलाई बिक्रि गरिने बैंकले जानाएको छ । ऋणपत्र निष्काशनको लागि आरबिबि मर्चेन्ट बैंकिंग बिक्रि प्रबन्धक रहेको छ ।  १० वर्षे अवधिको यस ऋणपत्रमा बैंकले १० प्रतिशत ब्याज प्रदान गर्ने छ ।  

सम्बन्धित सामग्री

प्राइम कमर्शियल बैंकले चैत्र १६ देखि ऋणपत्र निष्काशन गर्ने, कति पाइन्छ ब्याज ?

प्राइम कमर्शियल बैंकले चैत्र १६ गतेदेखि ऋणपत्र निष्काशन गर्ने भएको छ । कम्पनीले  १,००० अंकित दरको २५ लाख कित्ताले हुन आउने २ अर्ब ५० करोड बराबरको ऋणपत्र निष्काशन गर्न लागेको हो । जस मध्ये १५ लाख कित्ता निजि अर्थात् व्यक्तिगत तबरले बिक्रि गरिने र १० लाख कित्ता सर्बसाधारणलाई बिक्रि गरिने बैंकले जानाएको छ । सर्वसाधारणलाई छुट्याईएको १० लाख कित्ता मध्ये ५० हजार कित्ता सामुहिक लगानी कोषको लागि बाँडफाँड गरिएको छ  । ऋणपत्र निष्काशनको लागि आरबिबि मर्चेन्ट बैंकिंग बिक्रि प्रबन्धक रहेको छ । यस ऋणपत्रमा छिटोमा चैत्र २१ गतेसम्म र सो अवधिसम्ममा पुरै आवेदन नपरेमा ढिलोमा चैत्र ३० गतेसम्म आवेदन दिन सकिने छ  ।  आवेदन दिंदा न्यनतम २५ कित्ता र अधिकतम ५ लाख कित्तासम्मको लागि आवेदन दिन सकिने छ  । १० वर्षे अवधिको यस ऋणपत्रमा बैंकले १० प्रतिशत ब्याज प्रदान गर्ने छ ।  नेपाल धितोपत्र बोर्डले बैंकलाई फागुन २३ गते ऋणपत्र निष्काशनको लागि अनुमति दिएको हो। बैंकले पुस २१ गते बोर्डमा आवेदन दिएको थियो।

प्राइम कमर्शियल बैंकले पायो ऋणपत्र निष्काशन अनुमति

प्राइम कमर्शियल बैंकले ऋणपत्र निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले बैंकलाई फागुन २३ गते ऋणपत्र निष्काशनको लागि अनुमति दिएको हो। बैंकले पुस २१ गते बोर्डमा आवेदन दिएको थियो।बोर्डबाट अनुमति पाएसंगै अब बैंकले  १,००० अंकित दरको २५ लाख कित्ताले हुन आउने २ अर्ब ५० करोड बराबरको ऋणपत्र निष्काशन गर्ने छ। जस मध्ये १५ लाख कित्ता निजि तबरले बिक्रि गरिने र १० लाख कित्ता सर्बसाधारणलाई बिक्रि गरिने बैंकले जानाएको छ । ऋणपत्र निष्काशनको लागि आरबिबि मर्चेन्ट बैंकिंग बिक्रि प्रबन्धक रहेको छ ।  १० वर्षे अवधिको यस ऋणपत्रमा बैंकले १० प्रतिशत ब्याज प्रदान गर्ने छ ।