दैलेख : नारायण नगरपालिका–११ ले बजेट सुनाएर मात्र कार्यक्रम सुरु गर्ने

दैलेख – दैलेख नारायण नगरपालिका–११ ले आफूले गर्ने हरेक कार्यक्रमको विनियोजित बजेट जानकारी गराएर मात्र कार्यक्रम सुरु गर्ने निर्णय गरेको छ । पालिका चुनावबाट निर्वाचित जनप्रतिनिधिलाई आज बुधवार पदभार ग्रहण गराउँदै वडाले याे निर्णय गरेको हो । नारायण नगरपालिका–११ का नवनिर्वाचित अध्यक्ष दीर्घबहादुर मल्लले सुशासन र पारदर्शिताका निम्ति वडा र मातहतबाट हुने काममा बजेटबारे जानकारी गराएर मात्र कार्यक्रम सुरु गर्न अनिवार्य गराइने बताउनुभयो । वडामा सञ्चालित आयाेजनाकाे लागत, लाग्ने समय र कार्य विवरण सबैले देख्न ...