बागलुङ- बडिगाड गाउँपालिका–३ सिसाखानीको बाँयचौर निवासी फारम घर्तीले गत वर्ष पाँचमुरी मकै भित्र्याएको बारी अहिले बाँदरले रित्तै बनाइदिएको छ । बसाइँसराइका कारण बाँदर बस्तीमा आएपछि यस वर्ष मकै भित्र्याउनै नपर्ने गरी बाँदरले बाली नष्ट भएपछि फारमसहित जीवन घर्तीलगायत बाँयचौर गाउँका सबै किसान चिन्तित छन् । बाँदरले मकैबारीमा क्षति पुर्याएपछि यहाँका किसान चिन्तामा परेका छन् । […]
धादिङ जिल्ला थाक्रे गाउँपालिका वडा नं ९ र १० स्थित केवलपुर र यसको आसपास क्षेत्रमा बँदेलले कृषकको बालि नष्ट गरेको छ। करिव २ साता देखी बँदेल गाउँमा पसि अधिकांश कृषकको बारीका मकै भाँचेर नष्ट गरेको छ । धादिङका कृषकहरूको मुख्य आय श्रोत मकैबाली रहेको छ । मकैको दाना लाग्दै गरेको अवस्थामा बँदेलले बाली नष्ट गरेपछि कृषक निकै चिन्तित भएका छन् । मकैको अलवा अदुवा, धान र खुर्सानी बालीमा पनि बँदेल मडारिएर र बारीमा खाल्डो बनाएर क्षति पुर्याएको छ । यस क्षेत्रको अवलोकन गरेपछि बाली संरक्ष
७ असार, काठमाडौं । देशभरका ६४ जिल्लामा मकैबाली नष्ट गर्ने अमेरिकी फौजी किराको प्रकोप देखिएको छ । खेत र बारीको मकै बाली नष्ट गर्ने उक्त किराको प्रकोपबाट किसानहरु पिडित भइरहँदा नियन्त्रणकारी निकायले भने फौजी किराको आतंकविरुद्ध लड्न प्रशस्त सूचना र तथ्याङ्क अभाव भएको बताएका छन् । केही समयअघिसम्म खेतको मकैलाई क्षति पुर्याएको फैजी किरा अहिले […]
फौजी किराले मकैबाली र तरकारी खेती सखाप पार्न थालेपछि शितगंगा नगरपालिकाका किसानहरु चिन्तित बनेका छन् । केही दिन यता फैलिएको फौजी किराको प्रकोपले मकै, तरकारी लगायतका बाली नष्ट पार्न थालेपछि कृषकहरु चिन्तित बनेका हुन् ।
तेह्रथुमको ग्रामीण क्षेत्रमा लगाइएको अन्नबाली बाँदरले नष्ट गर्न थालेपछि किसान चिन्तित भएका छन् । भित्र्याउन तयार भएको मकैबाली बाँदरले नष्ट गर्न थालेसँगै किसान चिन्तित बनेका हुन् ।