काठमाडौं : जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना रहेको छ।शनिबार बिहान काठमाडौं उपत्यकाका केही स्थान र तराईका अधिकांश भेगमा हुस्सु र कुहिरो लागेको महाशाखाले जनाएको छ। अन्य स्थानको मौसम सामान्यतः सफा रहेको छ।दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात हुने मौसमविद् मञ्जु बासीले जानकारी दिइन्। काठमाडौं उपत्यकामा पनि बेलुकी पख हल्का वर्षाको सम्भावना रहेको उनले बताइन्।उपत्यक