अब खोप कार्ड देखाएर मात्र हवाई यात्रा

काठमाडौं । सरकारले आन्तरिक हवाई उडानका यात्रुको एन्टिजेन परीक्षण अनिवार्य गरे पनि वायुसेवा सञ्चालक संघले भने कोभिडविरुद्धको खोप लगाएको कार्डबाट नै हवाई यात्रा गर्न सकिने निर्णय गरेको छ । वायुसेवा सञ्चालक संघले हवाई यात्रुहरूले विमानस्थल प्रवेश गर्दा कोभिड–१९ विरुद्धको खोप लगाएको कार्ड देखाएर पनि यात्रा गर्न सकिने निर्णय गरेको हो । संघको बुधवार बसेको कार्यसमिति बैठकले कार्ड सीधै कार्ड बोकेको नभए पनि मोबाइलमा फोटो खिचेको भए त्यो देखाएर पनि यात्रा गर्न सकिने निर्णय गरेको छ । पुस ३० गते मन्त्रिपरिषद्को बैठकले वायुसेवा कम्पनीहरूले नै यात्रुको एन्टिजेन परीक्षण गरेर कोभिड नेगेटिभ आएमात्रै यात्रा गराउन पाउने निर्णय गरेको थियो । माघ ८ गतेदेखि एन्टिजेन परीक्षण गर्ने मन्त्रिपरिषद्को निर्णय भए पनि शनिवार नआउँदै संघले बुधवार बैठक बसेर कार्डकै आधारमा हवाई यात्रा गर्न सकिने निर्णय गरेको हो । संघले सूचना जारी गरेर हवाई यात्रमा कोभिडविरुद्धको कार्डलाई अनिवार्य गरेको छ । आन्तरिक हवाई उडानमा स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना गर्दै नयाँ भेरियन्ट ओमिक्रोनको रोकथाम तथा नियन्त्रणका लागि अन्य आवश्यक विषयहरू पनि लागू हुने संघले उल्लेख गरेको छ । संघले एयरलाइन्स कम्पनीहरूले पालना गर्नुपर्ने नियमहरू पनि तोकेको छ । संघका अनुसार एयरलाइन्स कम्पनीहरूले हवाई जहाजभित्र स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने, प्रत्येक उडानपछि हवाई जहाज र ब्यागेज निस्संक्रमित गर्नुपर्ने, चेक–इन बोडिङ क्लेम गर्ने स्थान तथा प्रतीक्षालयमा भीडभाड हुन नदिने र जनस्वास्थ्यका मापदण्डहरू लागू गर्नुपर्नेछ । पछिल्लो समय कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण अत्यधिक देखिन थालेपछि यात्रामा स्वास्थ्य मापदण्डहरू पालनामा कडाइ गरिएको छ । केही दिनअघि निजीक्षेत्रको वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले १ हजार ८९५ जनामा गरेको सर्वेक्षणमा हवाई यात्रुमध्ये ९५ प्रतिशत यात्रुले कोभिडविरुद्धको खोप लगाएका थिए ।  

सम्बन्धित सामग्री

हट्यो उडानमा रहेको कोभिड–१९ सम्बन्धी प्रोटोकल

सरकारले हवाई यात्रामा लगाउँदै आएको कोभिड–१९ सम्बन्धी प्रोटोकल हटाएको छ । आन्तरिक र नेपालमा अवतरण हुने अन्तर्राष्ट्रिय हवाई उडानमा यसअघि लगाउँदै आएको मास्क, खोप कार्ड र पीसीआरको रिपोर्ट हटाएको हो । प्रोटोकल हटाएसँगै नेपालमा हवाई यात्रा गर्ने र आन्तरिक यात्रुले कोभिड–१९ अगाडिकै अवस्थामा उडान तथा अवतरण गर्न पाउने भएका छन् । संस्कृति पर्यटन तथा नागरिक […]

सिंहदरबार प्रवेशका लागि खोप कार्ड अनिवार्य

काठमाडौँ । आज (शुक्रबार)देखि कोभिड–१९ विरुद्धको खोप लगाएको कार्ड देखाएर मात्रै सिंहदरबार प्रवेश गर्न पाइने भएको छ । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण रोकथामका लागि भन्दै काठमाडौँ उपत्यकाका प्रशासनले शुक्रबारदेखि सार्वजनिक स्थानमा जाँदा खोप कार्ड अनिवार्य गरेको हो । सरकारी कार्यालय, होटल, रेष्टुरेन्ट, सिनेमा हल, रङ्गशाला, हवाई यात्रा, पार्क आदिमा जाँदा पनि खोप कार्ड अनिवार्य […]

आजबाट सार्वजनिक स्थानमा खोप कार्ड अनिवार्य

काठमाडौँ । सार्वजनिक स्थानमा जाँदा आज(शुक्रबार) देखि कोरोनाविरुद्धको खोप लगाएको प्रमाणस्वरुप खोप कार्ड अनिवार्य गरिएको छ । यसैगरी जिल्ला भित्रका सबै सार्वजनिक निकायमा सेवा प्राप्त गर्न पनि खोप कार्ड अनिवार्य गरिएको छ । जिल्ला प्रशासन कार्यालयहरुले सरकारी कार्यालय, होटल, रेष्टुरेन्ट, सिनेमा हल, रङ्गशाला, हवाई यात्रा, पार्क आदिमा जाँदा खोप कार्ड बोक्नुपर्ने छ । खोप लगाएको […]

आजदेखि सार्वजनिक ठाउँमा खोप कार्ड अनिवार्य

काठमाण्डाै - सार्वजनिक ठाउँमा कोरोनाविरुद्धको खोप कार्ड अनिवार्य गर्ने सरकारी निर्णय आजदेखि लागू भएको छ । सरकारी नियमअनुसार अब कार्यालय, होटल, रेस्टुरेन्ट, सिनेमा हल, रङ्गशाला, हवाई यात्रा, पार्कजस्ता सार्वजनिक ठाउँमा जाँदा खोप लगाएको कार्ड वा कार्डको फोटो देखाउनुपर्नेछ । आजदेखि लागू हुने गरी सरकारले यो नियम लगाउने निर्णय गरेलगत्तै खोप लगाउनेहरुको सङ्ख्या बढेको छ । तर सरकारले खोप केन्द्रमा भिड व्यवस्थापन गर्न सकेको छैन । सार्वजनिक ठाउँमा खोप कार्ड बाध्यात्मक बनाउँदा धेरैजना खोपको दायरामा आउने भए पनि कार्यान्वयनमा जटि...

खोप कार्ड : कार्यान्वयनमै जटिलता

सार्वजनिक स्थानमा कोरोनाविरुद्धको खोप कार्ड अनिवार्य गर्ने सरकारी निर्णय शुक्रबारदेखि लागू हुँदैछ । सरकारी घोषणाअनुसार कार्यालय, होटल, रेस्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाई यात्रा, पार्कजस्ता सार्वजनिक स्थलमा अनिवार्य खोप लगाएको कार्ड वा कार्डको फोटोका आधारमा मात्रै प्रवेश पाइन्छ ।

खोप कार्ड : कार्यान्वयनमै जटिलता

सार्वजनिक स्थानमा कोरोनाविरुद्धको खोप कार्ड अनिवार्य गर्ने सरकारी निर्णय शुक्रबारदेखि लागू हुँदैछ । सरकारी घोषणाअनुसार कार्यालय, होटल, रेस्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाई यात्रा, पार्कजस्ता सार्वजनिक स्थलमा अनिवार्य खोप लगाएको कार्ड वा कार्डको फोटोका आधारमा मात्रै प्रवेश पाइन्छ ।

हवाई यात्रुलाई अनिवार्य परीक्षण हट्यो, खोप कार्ड देखाए हुने

काठमाडौं : वायु सेवा सञ्चालक संघ नेपालले खोप कार्ड देखाए आन्तरिक हवाई यात्रा गर्न पाइने व्यवस्था गरेको छ। सञ्चालक संघले हवाई यात्रुको एन्टिजेन्ट परीक्षण अनिवार्य गर्ने व्यवस्था हटेको जनाएको हो।संघले बुधबार जारी गरेको सूचना अनुसार अब हवाई यात्रुहरूले विमानस्थल प्रवेश गर्दा कोभिड-१९ बिरुद्धको खोप कार्ड मोबाइल फोटो भए पुग्ने छ।यसका लागि संघले आफ्नो सदस्यहरुलाई सर्कुलर गरिसकेको जनाएकाे छ।

हवाई यात्रुले अनिवार्य कोरोना खोप कार्ड बोक्नुपर्ने

न्युज अफ नेपाल, काठमाडौं । आन्तरिक हवाई यात्रामा यात्रा गर्दा यात्रुले कोरोनाविरुद्धको खोप लगाएको प्रमाणित कार्ड अनिवार्य गरिएको छ । आज बुधबार वायुसेवा सञ्चालक संघ नेपालले विज्ञप्तिमार्फत हवाई यात्रा गर्ने यात्रुले अनिवार्य रुपमा कोरोना खोप कार्ड वा मोबाइलमा खिचेर राखेको फोटो देखाउनुपर्ने व्यवस्था गरेको जनाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘हवाई यात्रुले विमानस्थल प्रवेश गर्दा […]

के तपाईले खोप कार्ड बोक्नु भएको छ ? यी स्थानमा जाँदा खोपकार्ड अनिवार्य

काठमाडौं, २६ पुस । सरकारले कोरोना भाइरसको खोप लगाएको कार्ड अनिवार्य गरेको छ। यो नियम ३ माघबाट लागू हुनेछ । कार्ड विना सार्वजनिक स्थलहरुमा प्रवेश निषेध हुनेछ । सरकारी कार्यालय, होटल, सपिङ कम्प्लेक्स, सिनेमाघर, रंगशाला, हवाई यात्रा गर्दा खोपकार्ड अनिवार्य गरिएको छ । भ्याक्सिन लगाएको कार्ड मोबाइलमा देखाएपनि हुने कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र […]