आजदेखि सार्वजनिक ठाउँमा खोप कार्ड अनिवार्य

काठमाण्डाै - सार्वजनिक ठाउँमा कोरोनाविरुद्धको खोप कार्ड अनिवार्य गर्ने सरकारी निर्णय आजदेखि लागू भएको छ । सरकारी नियमअनुसार अब कार्यालय, होटल, रेस्टुरेन्ट, सिनेमा हल, रङ्गशाला, हवाई यात्रा, पार्कजस्ता सार्वजनिक ठाउँमा जाँदा खोप लगाएको कार्ड वा कार्डको फोटो देखाउनुपर्नेछ । आजदेखि लागू हुने गरी सरकारले यो नियम लगाउने निर्णय गरेलगत्तै खोप लगाउनेहरुको सङ्ख्या बढेको छ । तर सरकारले खोप केन्द्रमा भिड व्यवस्थापन गर्न सकेको छैन । सार्वजनिक ठाउँमा खोप कार्ड बाध्यात्मक बनाउँदा धेरैजना खोपको दायरामा आउने भए पनि कार्यान्वयनमा जटि...

सम्बन्धित सामग्री

खोप कार्ड अनिवार्य गर्ने निर्णयविरुद्ध  सर्वोच्चमा रिट, बिहीबार पेसी

खोप कार्ड अनिवार्य गर्दा सर्वसाधारणको सार्वजनिक सेवामा पहुँच घटेको जिकिर सरकारले सार्वजनिक सेवा प्राप्त गर्न खोप कार्ड अनिवार्य गर्ने निर्णयविरुद्ध  सर्वोच्च अदालतमा परेको रिटमा बिहीबार पेसी तोकिएको छ । खोप कार्ड अनिवार्य...

खोप कार्ड अनिवार्य गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट

सार्वजनिक सेवा प्राप्त गर्न कोरोना भाइरसविरुद्धको खोप कार्ड अनिवार्य गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । अधिवक्ता सल्लु तिवारी र कानूनका विद्यार्थी सविन पोखरेलले संयुक्त रूपमा रिट दायर गरेका हुन् । प्रधानमन्त्री कार्यालयसमेतलाई विपक्षी बनाएर दायर गरेको रिटमा खोप कार्ड अनिवार्य गर्दा नागरिक सरकारी सेवाबाट वञ्चित हुनुपरेको र सरकारको निर्णय गैरकानूनी भएको दाबी रिट निवेदकको छ । राजधानी दैनिकमा खबर छ ।

काठमाडौं प्रहरी परिसरमा जान खोप कार्ड अनिवार्य

१८ माघ, काठमाडौं। काठमाडौं प्रहरी परिसर, टेकुमा जान खोप कार्ड अनिवार्य गरिएको छ । सरकारी प्रोटोकल अनुसार परिसरमा जान खोप कार्ड अनिवार्य गरिएको काठमाडौं प्रहरीका प्रवक्ता एसपी दिनेशराज मैनालीले बताए । तर कतिपय सेवाग्राहीहरुले चाहिँ प्रहरी कार्यालयमा पनि खोप कार्ड अनिवार्य हुँदा सेवा लिन समस्या भएको बताए । सेवा लिन टेकु जाने सेवाग्राहीसँग खोप कार्ड […]

मनाङ प्रवेशका लागि कोभिड विरुद्धको खोप कार्ड अनिवार्य

कोभिड–१९ को तेस्रो भेरियन्ट (ओमिक्रोन) भाइरस फैलिरहेको अवस्था छ । कोभिडको संक्रमण बढेसँगै हिमाली जिल्ला मनाङ प्रवेशका लागि कोभिड विरुद्धको खोप कार्ड अनिवार्य गरिएको छ । पर्यटक तथा सर्वसाधारणलाई मनाङ प्रवेशका लागि खोप कार्ड अनिवार्य गरिएको प्रमुख जिल्ला अधिकारी (सीडीओ) रवीन्द्रप्रसाद आचार्यले जानकारी दिए । उनका अनुसार विना खोप कार्ड चालकलाई पनि सवारी सञ्चालनमा रोक लगाइएको छ ।कोरोनाका सक्रिय संक्रमित शून्य रहेको मनाङमा संक्रमणबाट बच्न जिल्ला बाहिरबाट आउने व्यक्तिलाई मास्क र खोप कार्ड अन

सिंहदरबार प्रवेशका लागि खोप कार्ड अनिवार्य

काठमाडौँ । आज (शुक्रबार)देखि कोभिड–१९ विरुद्धको खोप लगाएको कार्ड देखाएर मात्रै सिंहदरबार प्रवेश गर्न पाइने भएको छ । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण रोकथामका लागि भन्दै काठमाडौँ उपत्यकाका प्रशासनले शुक्रबारदेखि सार्वजनिक स्थानमा जाँदा खोप कार्ड अनिवार्य गरेको हो । सरकारी कार्यालय, होटल, रेष्टुरेन्ट, सिनेमा हल, रङ्गशाला, हवाई यात्रा, पार्क आदिमा जाँदा पनि खोप कार्ड अनिवार्य […]

आजबाट सार्वजनिक स्थानमा खोप कार्ड अनिवार्य

काठमाडौँ । सार्वजनिक स्थानमा जाँदा आज(शुक्रबार) देखि कोरोनाविरुद्धको खोप लगाएको प्रमाणस्वरुप खोप कार्ड अनिवार्य गरिएको छ । यसैगरी जिल्ला भित्रका सबै सार्वजनिक निकायमा सेवा प्राप्त गर्न पनि खोप कार्ड अनिवार्य गरिएको छ । जिल्ला प्रशासन कार्यालयहरुले सरकारी कार्यालय, होटल, रेष्टुरेन्ट, सिनेमा हल, रङ्गशाला, हवाई यात्रा, पार्क आदिमा जाँदा खोप कार्ड बोक्नुपर्ने छ । खोप लगाएको […]

आन्तरिक हवाई उडानमा खोप कार्ड अनिवार्य

काठमाडौं, माघ ५ । आन्तरिक हवाई उडानमा पनि खोप कार्ड अनिवार्य गरिएको छ । नेपाल वायुसेवा सञ्चालक संघले ओमिक्रोन नियन्त्रणका लागि निर्देशिका जारी गर्दै उडानका लागि खोप कार्ड अनिवार्य गरेको जनाएको हो । यात्रु स्वास्थ्य सुरक्षासँगै सेवालाई सहज गर्न यस्तो व्यवस्था गरिएको संघको भनाइ छ । संघले खोप कार्डको मोबाइल तस्विरलाई पनि मान्यता दिने भएको […]

खेल हेर्नलाई खोप कार्ड अनिवार्य

काठमाडौं । कोरोना संक्रमण दर बढेपछि अबदेखि रंगशालामा खेल हेर्न जाने दर्शकका लागि खोप कार्ड अनिवार्य गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले अब रंगशालामा फुटबल हेर्न खोप कार्ड अनिवार्य भएको बताउनु भएको छ । हाल राजधानीको दशरथ रंगशालामा भइरहेको सहिद स्मारक ए डिभिजन लिग हेर्न जाने दर्शकले आफूले कोरोना […]

सार्वजनिक स्थलमा जाँदा खोप कार्ड अनिवार्य

जुम्लामा अध्ययन, अवलोकन भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकसँगै स्थानीयलाई सार्वजनिक स्थलमा जाँदा खोप कार्ड अनिवार्य गरिएको छ। खोप कार्डविना सार्वजनिक स्थलमा जान नपाइने भएको हो।...

सार्वजनिक स्थानहरुमा प्रवेश गर्न खोप कार्ड अनिवार्य (आदेशसहित)

काठमाडौं, २७ पौष । सार्वजनिक स्थानहरुमा प्रवेश गर्दा खोप कार्ड अनिवार्य गरिएको छ । आज काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रशासन कार्यालयले आदेश जारी गर्दै खोप कार्ड अनिवार्य गरेका हुन् । सार्वजनिक स्थानहरु कार्याल्य, होटल, रेष्टुरेण्ट, सिनेमा हल, रंगशाला, हवाईयात्रा, पार्क, आदि मा प्रवेश गर्दा ७ माघबाट कोभिड १९ विरुद्धको खोप लगाएको कार्ड हुनुपर्ने उल्लेख छ […]