केही दिनयता निरन्तर ओरालो यात्रामा रहेको सेयर बजार परिसूचक नेप्से बुधबार पनि ३८ अंक माथिले घट्न पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक ३८.४५ अंकले घट्दै २७ सय ७६.६१ विन्दुमा ओर्लिएको हो । यसदिन ‘क’ वर्गका ठूला कम्पनीहरुको सेन्सेटिभ इन्डेक्स समेत ६.५६ अंकले घट्दै ५१८.३८ विन्दुमा झरेको छ । यसदिन सबै उपसमूह ऋणात्मक हुँदा बजार नै राताम्मे भएको छ भने ३८ अंक माथिले घटेको बजारमा कारोबार रकम समेत घटेको छ ।नेप्सेका अनुसार आज कुल ९३ लाख ५८ हजार ७०० कित्ता सेयर बजारम